नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला
नवलपुर | |
---|---|
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
सदरमुकाम | कावासोती |
स्थापना | २०७४ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | जिल्ला सभा |
क्षेत्रफल | |
• जम्मा | १,४२६.२७ किमी२ (५५०.६९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३७८,०७९ |
• घनत्व | २६५/किमी२ (६९०/वर्ग माइल) |
• जातीयता | ब्राह्मण क्षेत्री थारू |
• मुख्य भाषा | नेपाली अवधी थारू |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-७८ |
जिसस केन्द्र | कावासोती |
वेबसाइट | nawalpur |
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला गण्डकी प्रदेशका ११ जिल्लाहरू मध्ये एक हो।[२][३] २०१८ सालमा पूर्वको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभेर बनाइएको जिल्लालाई फेरि २०७४ सालमा अलग्याइ छुट्टा छुट्टै नवलपुर अर्थात् नवलपरासी बर्दघाट सुस्ता पूर्व र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बनाइएको थियो।[४]
परिचय
[सम्पादन गर्नुहोस्]वि.सं २०१८ सालमा पूर्व नवलपुर र पश्चिम परासी क्षेत्रलाई गाभेर नवलपरासी जिल्ला कायम गरिएको थियो। यसअघि रुपन्देही जिल्लाको पाल्ही माझखण्डको रुपमा चिनिने नवलपरासी जिल्ला ५४ वर्षपछि पुनः पूर्व र पश्चिममा विभाजित भएको थियो।[५] सरकारले संविधानअनुसार नवलपरासीलाई गण्डकी प्रदेश र लुम्बिनी प्रदेश मा विभाजन गरे पनि जिल्लाको नाम र जिल्ला सदरमुकामको नाम टुङ्गो लगाएको थिएन। सरकारले गण्डकी प्रदेशमा पर्ने नवलरासीको भाग सुस्तादेखि बर्दघाट पश्चिमको भागलाई नवलपरासी (क) र सुस्तादेखि बर्दघाट पूर्वको क्षेत्रलाई नवलपरासी (ख) मानेको थियो। २०७२ साल असोज तीन गते जारी भएको नेपालको संविधानले ५४ वर्षपछि नवलपरासीलाई पूर्व नवलपुर र पश्चिम परासीमा विभाजन गरेको थियो[६] भने २०७४ साल असोज २९ गतेका दिन नेपाल सरकार मन्त्रिपरिषदको बैठकले नवलपुरको सदरमुकाम कावासोती राख्ने आधिकारिक निर्णय गरेको थियो।[७]
विभाजन
[सम्पादन गर्नुहोस्]यस जिल्ला ८ स्थानीय तहमा विभाजन भएको छ।[८] जिल्लामा ४ वटा नगरपालिका र ४ वटै गाउँपालिका रहेका छन्।[९]
नगरपालिका
[सम्पादन गर्नुहोस्]- कावासोती (सदरमुकाम)
- गैँडाकोट
- देवचुली
- मध्यविन्दु
गाउँपालिका
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०७८ नतिजा", केन्द्रीय तथ्याङ्क विभाग (नेपालीमा), अन्तिम पहुँच २३ भदौ २०८१।
- ↑ "अब ७५ होइन ७७ जिल्ला", १८ भदौ २०७४, अन्तिम पहुँच ७ आश्विन २०७४।
- ↑ "नवलपुर छुट्टै जिल्ला बन्छ : प्रधानमन्त्री शेर बहादुर देउवा", २०७४ असार २४, अन्तिम पहुँच २०७४ आश्विन ७।
- ↑ "पूर्वी नवलपरासीको नाम नवलपुर जिल्ला र सदरमुकाम कावासोतीमा राख्ने निर्णय", नारायण शर्मा (कान्तिपुर), आश्विन ६, २०७४, अन्तिम पहुँच आश्विन ७, २०७४। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२२ मिति
- ↑ "जिल्लाको संक्षिप्त परिचय" (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ अप्रिल २०२१।
- ↑ "पूर्वी नवलपरासी अब 'नवलपुर'"। कान्तिपुर दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ अप्रिल २०२१।
- ↑ "नवलपरासी टुक्राएर दुई जिल्ला बनाउन प्रधानमन्त्री सकारात्मक", काठमाडौँ टुडे, २०७४ असार २५, अन्तिम पहुँच २०७४ आश्विन ७। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२६ मिति
- ↑ "सहरको जनसङ्ख्या– तथ्याङ्क, नक्सा र तालिका", www.citypopulation.de, ८ अक्टोबर २०१७, अन्तिम पहुँच २१ मार्च २०१८।
- ↑ "जिल्ला अनुसारका स्थानीय तह", www.mofald.gov.np, अन्तिम पहुँच २ मार्च २०१८।