सामग्रीमा जानुहोस्

जिल्ला सभा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जिल्ला भित्रका विकास तथा निर्माण सम्बन्धि कार्यमा सन्तुलन कायम गर्ने, सो को अनुगमन गर्ने तथा जिल्लामा रहने सङ्घीय र प्रदेशिक सरकारी कार्यालयगाउँपालिकानगरपालिकाबीच समन्वयन गर्नको लागि एक जिल्ला समन्वयन समिति हुन्छ ।[] सम्बन्धित जिल्ला भित्रका गाउँँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू सदस्य रहेको जिल्ला सभा बन्छ । जिल्ला सभाले जिल्ला भित्रका गाउँँपालिका र नगरपालिकाको समन्वय गर्ने कार्य गर्दछ ।[]

जिल्ला सभाले एक जना प्रमुख, एक जना उपप्रमुख, कम्तिमा ३ जना महिला र एक जना दलित वा अल्पसंख्यक सहित बढीमा ९ जना सदस्य निर्वािचत गरी जिल्ला समन्वय समिति बनाउँछ । जसमा जिल्ला सभाका सदस्यहरू साथै जिल्ला भित्रका गाउँसभानगरसभाका सदस्यहरूले समेत उम्मेदवारी दिन पाउने ब्यवस्था गरेको छ । जिल्ला समन्वय समितिले जिल्ला सभाले गर्नु पर्ने सम्पूर्ण कार्य सम्पादन गर्दछ ।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "अब यसरी गठन हुन्छ जिल्ला समन्वय समिति", OnlineKhabar, २०७४ जेठ ७, अन्तिम पहुँच २०७४ जेठ ७
  2. "मिति २०७४/१/११ मा नेपाल राजपत्रमा प्रकाशित अल्पसंख्यकको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७४ जेठ १८ अभिलेखिकरण २०१७-०६-०३ वेब्याक मेसिन
  3. "जिल्ला समन्वय समितिको नेतृत्व उपसचिवले गर्ने", OnlineKhabar, २०७३ माघ १४, अन्तिम पहुँच २०७३ माघ १४
  4. "मन्त्रीपरिषदबाट मिति २०७४/२/१७ मा जारी गरिएको स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेश", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७४ जेठ १८ अभिलेखिकरण २०१७-०६-०३ वेब्याक मेसिन

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]