एअरक्राफ्ट म्युजियम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एअरक्राफ्ट म्युजियम
एअरक्राफ्ट म्युजियम
स्थापित२०७१
स्थानधनगढी,
कैलाली, नेपाल
प्रकारएअरक्राफ्ट म्युजियम
आगन्तुकN/A
निर्देशकवेद उप्रेती
Curatorवेद उप्रेती
वेबसाइटAircraft Museum


चित्र:थारु महिलाहरू.jpg
एअरक्राफ्ट म्युजियमकोसाथमा थारु महिलाहरू

राइट दाजुभाइका पालादेखि हालसम्म विकसित गरिएका अत्याधुनिक विमानका मोडेलहरूको सङ्ग्रह गरी एअरक्राफ्ट म्युजियम संचालनमा ल्याइएको हो। इन्डोनेसियाको लायन एयरमा प्रशिक्षक पाइलटका रूपमा कार्यरत नेपाली पाइलट वेद उप्रेतीको एकल प्रयासमा पहिलो एअरक्राफ्ट म्युजियम संचालनमा ल्याइएको हो । आफ्नै देशमा केही गरौ भन्ने भावनाले अघि बढेका उप्रेतीले ग्राउण्डेड अबस्थामा रहेको कस्मिक एअरको फोकर १ सयलाई विमान संग्रालयको रूपमा विकास गरिएको हो ।

परिचय[सम्पादन गर्नुहोस्]

कैलाली जिल्लाको धनगढीमा स्थापना गरिएको विमान संग्रालयमा विमानका उपकरण तथा उडानसम्बन्धि जानकारी मुलक सामग्री तथा प्रयोगशाला समेत राखिएको छ । सूदुर क्षेत्रको पर्यटकीय विकासका लागि यस्तो प्रयास गरिएको हो । सङ्ग्रहालयको २०७१ असोज १ गते उद्घाटन गरिएको छ । संग्रालयलाई लक्षित गरी ११ दिनसम्म एयरक्राफ्ट म्युजियम महोत्सव समेत गरिएको थियो । कुल १ करोड २५ लाख रुपैया लागतको एउटै विमानभित्रको संग्रालय विश्वमै पहिलो भएको बताइएको छ ।

आकर्षणहरू[सम्पादन गर्नुहोस्]

1) दुई सय भन्दा बढी एअरक्राफ्टका नमुनाहरू

2) जेट ककपिट

3) सुन्दर फोटो ग्यालरी

4) ककपिट क्याफे

5) पन्ध्र मिनेट सम्मको डकुमेन्ट्री

6) नमुना एअरपोर्ट

7) ककपिट र क्याविनमा पाईलट र एअरहोस्ट्रेसको युनिफममा आफ्नो फोटो खिच्न सकिने

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

Email- upretibed@hotmail.com
Contact- 009779868469396

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]