सामग्रीमा जानुहोस्

वेद उप्रेती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वेद उप्रेती
वेद उप्रेती
जन्मकैलाली, नेपाल
राष्ट्रियतानेपाली
पेशालेखक, फोटोग्राफर, पाइलट

क्याप्टेन वेद उप्रेती(अङ्ग्रजीः Bed Upreti) बि. सं. २०२० सालमा कैलाली जिल्लामा जन्मिनु भएका उप्रेतीको पेशाले विमान चालक हुन्। बाल्यकालमा उनलाई इन्जिनियर बन्ने चाहना थियो। उनी लेखक, फोटोग्राफर र उड्डयन संग्रहालय बनाउने ब्यक्तिका रूपमा पनि चिनिन्छन्।[]


उड्डयन करियर

[सम्पादन गर्नुहोस्]

उप्रेतीले नेपाली सेनामा पाइलटको रुपमा आफ्नो उड्डयन करियर शुरू गरेका थिए। उनले १२ वर्ष नेपाली सेनामा पाइलटकै रुपमा काम गरेर बिताएका थिए। त्यस पछि उनी बि. सं. २०५२ मा नेकोन एयरमा जागिरे भए। नेकोन एयर आठ वर्ष उडेपछि बन्द हुन पुग्यो र उनीसँगै उक्त एयरका सबै बेरोजगार पाइलट भारतको एयर डेकन एयरलाइन्समा काम गर्न पुगेका थिए। त्यसपछि उनले भारतकै पाँचतारे किंगफिसर एयरलाइन्समा आठ वर्ष इन्स्ट्रक्टर पाइलटका रुपमा काम गरेकास थिए। सन् २०१२ मा उक्त एयरलाइन्स पनि बन्द भएपछि सोही समयदेखि नै उप्रेतीले इन्डोनेसियाको लायन एयरमा ‘इन्स्ट्रक्टर’, ‘सिमिनेटर इन्स्ट्रक्टर’, ‘एक्जामिनर’, ‘सिआर र ग्राउन्ड इन्सट्रक्टर’का रुपमा काम गरि सकेका छन्।

उड्डयन संग्रहालय

[सम्पादन गर्नुहोस्]

शुरूमा धनगढीमा स्थापना गरिएको 'एयरक्राफ्ट म्युजियम' जमिन अभावका कारण नेपालगन्ज सारिएको थियो। त्यही म्युजियमलाई अहिले महेन्द्रनगरमा स्थापना गरिएको छ। कस्मिक एअरको पुरानो फोकर १०० जेट विमानलाई ल्याएर एयरक्राफ्ट बनाइएको हो। यसमा एकै पटक सय जनाले अवलोकन गर्न सक्छन्। अवलोकनकर्ताले विमानको ककपिट र उडानका विषयमा पनि जानकारी लिन सक्ने बनाईएको छ। एयरक्राफ्टभित्र सुदूरपश्चिमका पर्यटकीय स्थलका तस्बिरहरूसँगै म्युजियमबारे १० मिनेटको वृत्तचित्र पनि राखिएको छ। म्युजियमभित्र अवलोकन गर्न आउनेका लागि रेस्टुरेन्टसमेत सञ्चालन गरिएको छ। क्याप्टेन वेद उप्रेती ट्रस्टले महेन्द्रनगरमै सञ्चालन गरेको महेन्द्रनगर म्युजियमसँगै एयरक्राफ्ट म्युजियम पनि सञ्चालनमा ल्याइएको हो। यस क्षेत्रको पर्यटकीय विकाससँगै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र हवाई क्षेत्रमा अध्ययन गर्न चाहने विद्यार्थीलाई यो म्युजियम उपयोगि रहेको छ।[]


  • १. एभरेस्ट फ्रम द एअर
  • २. नेपाल फ्रम द स्काई
  • ३. अन्नपूर्ण सर्किट फ्रम द एयर(Annapurna circuit from the Air)
  • ४. ३६० एभरेस्ट फ्रम वाइल्ड आईभ्यू
  • ५. दुर्गम विस्मयलोक/भूस्वर्गको परिकल्पना सुदूपश्चिम नेपाल[]
  • ६. ब्युटिफुट माउन्टेन्स अफ नेपाल(Beautiful Mountains of Nepal)
  • ७. Incredible Far West Nepal
  • ८. To go or not to go USA
  • ९. How to join Nepalese Army as an officer
  • १०.Sociology entrance for MA students
  • ११.IQ Book
  • १२.How to score more marks
  • १३.पायलट प्रेम(उपन्यास)[]

यो पनिहेर्नुहोस्

[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]