माई नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छठ पूजा २०७१ (ख)

माई नदी इलाम जिल्लाको चार प्रमुख नदीमध्ये एक हो। यसको मुहान सिंगलिला पर्वत शृङ्खलाको माङमालुङ भन्ने ठाउँमा पर्दछ । इलाम जिल्लाको सुदुर उत्तरमा अवस्थित सुन्दर पर्यटकीय स्थल सन्दकपुर क्षेत्रलाई नै यस नदीको उद्गम स्थल मानिन्छ । यस नदीमा अन्य मुख्य तीन नदी जोगमाई नदी, पुवामाई नदीदेउमाई नदी मिसिएपछि यसलाई महामाई नदी भनिन्छ भने दोमुखाबाट झापा जिल्लातिर लागेपछि यसलाई कनकाई नदी भनिन्छ । कनक+माई = कनक माई अपभ्रंश भएर कनकाई भएको हो । कनक भनेको सुनमाई भनेकी आमा भन्ने अर्थ पुरातत्त्वविद् योगी नरहरिनाथले लगाएका छन् । यस नदीको बालुवामा सुनका कण पाइन्छ भन्ने कुरा खानी तथा भूगर्भविद्हरूबाट प्रमाणित भएको छ । यस नदीलाई यस क्षेत्रमा पवित्र नदीको रूपमा पूजा र सम्मान गरिन्छ।