पुवामाई नदी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पुवामाई नदी (पूवा खोला) इलाम जिल्लाको चार प्रमुख नदीमध्ये एक हो। यस नदीलाई यस क्षेत्रमा पवित्र नदीको रूपमा पूजा र सम्मान गरिन्छ । इलाम जिल्लाकाे प्रसिद्ध ताल मार्इपाेखरीकाे उत्तर पश्चिमबाट याे नदी बगेकाे छ । यसलार्इ पुष्पमार्इ पनि भनिन्छ । इलाम जिल्लाकाे सदरमुकामदेखि उत्तर पश्चिम हुँदै दक्षिणतिर बग्ने यस नदीले धेरै धान खेतलार्इ सिचाइ गरेकाे छ । राजदुवालीकाे पुलभन्दा केही दक्षिणतिर याे नदी मार्इ नदीमा समाहित भएपछि यसकाे अस्तित्व समाप्त हुन्छ । लुताे निस्किएका मानिसले पुवामार्इमा स्नान गर्याे भने उसकाे लुताे निकाे हुन्छ भन्ने जनविश्वास छ ।