सामग्रीमा जानुहोस्

गौरीशङ्कर गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गौरीशंकरबाट अनुप्रेषित)
गौरीशङ्कर गाउँपालिका
गौरीशङ्कर गाउँपालिका को बागमती प्रदेश मा अवस्थिति
गौरीशङ्कर गाउँपालिका
बागमती प्रदेशको नक्सामा गौरीशङ्कर गाउँपालिकाको अवस्थिति
गौरीशङ्कर गाउँपालिका को नेपाल मा अवस्थिति
गौरीशङ्कर गाउँपालिका
गौरीशङ्कर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°४७′N ८६°०४′E / 27.79°N 86.06°E / 27.79; 86.06
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लादोलखा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षविश्‍वास कार्की (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षउमा लुङ्गेली मगर शेर्पा (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा६८१.३९ किमी (२६३.०९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१५,९९५
  घनत्व२३/किमी (६१/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४९
केन्द्रसाविक सुरी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

गौरीशङ्कर गाउँपालिका दोलखा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका गौरीशङ्कर, खारे, मार्बु, सुरी, चङ्खु, झ्याकुजुँगु गाविसहरू यसमा गाभिएका थिए।

यस गाउँपालिकाको अधिकांस भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्दछ। यस गाउँपालिकाको पूर्वी सिमाना सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका पर्दछ भने दक्षिणमा दोलखा जिल्लाको जिरी नगरपालिका तथा वैतेश्वर गाउँपालिका पर्दछ। त्यस्तै यस गाउँपालिकाको पश्चिममा कालिञ्चोक गाउँपालिका तथा विगु गाउँपालिका पर्दछ। यस गाउँपालिकाको उतरी सीमामा चीन पर्दछ। यस गाउँपालिका ७ वटा वडामा विभाजित छ।[][]

दोलखा जिल्लाको प्रसिद्ध गौरीशङ्कर हिमालको नामबाट यस गाउँपालिकाको नाम नामकरण गरिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गौरीशङ्कर गाउँपालिकाको कुल जनसङ्ख्या १५,९९५ रहेको छ भने यहाँ ४,३९९ घरधुरी रहेका छन्।[]

गौरीशङ्कर गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
जुँगु (१, ७–९)१,७०४२१.८०७८.१७
जुँगु (२–६)१,४९५१२.०५१२४.०७
झ्याकु (५–९)१,६९५१६.५४१०२.४८
झ्याकु (१–४)२,२०११९.४१११३.४०
सुरी२,९९७४७.०२६३.७४
चङ्खु१,४६८२१.७८६७.४०
मार्बु१,५०६११४.०२१३.२१
खारे१,७१८१०४.४३१६.४५
गौरीशङ्कर१,२११३२४.३८३.७३
जम्मा१५,९९५६८१.४३२३.४७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "District Corrected Last for RAJAPATRA", www.mofald.gov.np, अन्तिम पहुँच १७ जुलाई २०१८
  5. "स्थानीय तहहरुको विवरण", www.mofald.gov.np/en (नेपालीमा), स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच १७ जुलाई २०१८

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]