सामग्रीमा जानुहोस्

शैलुङ गाउँपालिका

शैलुङ गाउँपालिका
शैलुङ गाउँपालिका दोलखा जिल्ला-को अवस्थिति
शैलुङ गाउँपालिका
शैलुङ गाउँपालिका बागमती प्रदेश-को अवस्थिति
शैलुङ गाउँपालिका
शैलुङ गाउँपालिका नेपाल-को अवस्थिति
शैलुङ गाउँपालिका
निर्देशाङ्क: २७°३३′ उत्तर ८६°०६′ पूर्व / २७.५५° उत्तर ८६.१०° पूर्व / 27.55; 86.10
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लादोलखा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षरिमलबाबु श्रेष्‍ठ (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षपार्वती कार्की (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१२८.६७ किमी (४९.६८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१७,९२३
  घनत्व१४०/किमी (३६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४९
केन्द्रसाविक काटाकुटी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

शैलुङ गाउँपालिका दोलखा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका तामचेत दूधपोखरी, भूषाफेदा, मागापौवा, काटाकुटी, फस्कुशैलुङ्गेश्वर गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शैलुङ गाउँपालिकाको कुल जनसङ्ख्या १७,९२३ रहेको छ भने यहाँ ५,१३४ घरधुरी रहेका छन्।[]

शैलुङ गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
तामचेत दूधपोखरी१,९१०२१.४८८८.९२
भूषाफेदा१,९५०२४.१७८०.६८
मागापौवा (१) र काटाकुटी (१, २, ८, ९)२,७१११५.६९१७२.७९
मागापौवा (२–९)१,९९७१३.३७१४९.३६
काटाकुटी (३–७)१,३७७८.४११६३.७३
फस्कु (६–९)१,७५८१४.६३१२०.१६
फस्कु (१–५)१,९७५९.६६२०४.४५
शैलुङ्गेश्वर४,२४५२१.२६१९९.६७
जम्मा१७,९२३१२८.६७१३९.२९

नामाकरण

[सम्पादन]

शैलुङ नाम तामाङ भाषाबाट राखिएको हो। जसको अर्थ हुन्छ तामाङ भाषमा “शै” भनेको सय र “लुङ” भनेको थुम्का भन्ने बुझिन्छ। शैलुङ डाँडाबाट मनमोहक गौरीशङ्कर हिमाल , सगरमाथा, माछापुच्छ्रे हिमाल, गणेश हिमाल लगायत काठमाडौँ उपत्यका र तराईका केही भागहरू समेत देखिने भएकोले यो स्थान अझ रमणीय पर्यटकीय स्थल बनेको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]