जिरी नगरपालिका
जिरी नगरपालिका | |
|---|---|
जिरीको मनोरम् दृष्य | |
| निर्देशाङ्क: २७°३३′N ८६°०६′E / 27.55°N 86.10°E | |
| देश | |
| प्रदेश | बागमती प्रदेश |
| जिल्ला | दोलखा |
| स्थापित | २०७१ मङ्सिर १६ |
| सरकार | |
| • नगरप्रमुख | मित्रबहादुर जिरेल (नेकपा (एमाले)) |
| • उपप्रमुख | कृष्णमाया बुढाथोकी(खड्का) (नेकपा (एमाले)) |
| क्षेत्रफल | |
| • जम्मा | २११.२७ किमी२ (८१.५७ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | १६,१०९ |
| • घनत्व | ७६/किमी२ (२००/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
| क्षेत्रीय सङ्केत | +९७७-०४९ |
| केन्द्र | साविक जिरी गाविसको कार्यालय |
| वेबसाइट | आधिकारिक वेबसाइट |
जिरी नगरपालिका दोलखा जिल्लाका २ नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका जिरी, ठूलोपाताल र माली गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा श्यामा गाविस यसमा गाभिएको थियो।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जिरी नगरपालिकाको कुल जनसङ्ख्या १६,१०९ रहेको छ भने यहाँ ४,२४४ घरधुरी रहेका छन्।[२]
| नयाँ वडा | समावेश साविकका गाविसहरू | जनसङ्ख्या | क्षेत्रफल (वर्ग कि.मी.) | जनघनत्व (व्यक्ति/वर्ग कि.मी.) |
|---|---|---|---|---|
| १ | श्यामा (१–६) | १,८८३ | १०६.७५ | १७.६४ |
| २ | श्यामा (७–९) र माली (१-३) | १,५१५ | १७.५२ | ८६.४७ |
| ३ | माली (४-९) | १,४७३ | १३.६१ | १०८.२३ |
| ४ | जिरी (५-६) | १,५८५ | ११.८९ | १३३.३१ |
| ५ | जिरी (७) | २,०४५ | ६.७७ | ३०२.०७ |
| ६ | जिरी (८-९) | २,११३ | १२.३४ | १७१.२३ |
| ७ | जिरी (१-३) | १,८०० | १३.४ | १३४.३३ |
| ८ | जिरी (४) र ठूलोपाताल (३-५) | १,७९८ | १६.९३ | १०६.२० |
| ९ | ठूलोपाताल (१-२,६-९) | १८९७ | १२.०६ | १५७.३० |
| जम्मा | १६,१०९ | २११.२७ | ७६.२५ | |
परिचय
[सम्पादन गर्नुहोस्]राजधानी काठमाडौँबाट १ सय ८८ किलोमिटर दुरीमा रहेको(६ घण्टाको बस यात्राबाट )छ। यो स्थान अरनिको राजमार्गको खाडीचौरबाट १ सय १० किलोमिटर टाढा पर्छ। तामाकोशीको गडगहाडट, चारैतिर हरीयाली, डाँडाबाट झररिहेका सुन्दर झरना तथा ग्रामीण परिवेशले मनमा नयाँ उमङ्ग जगाउँछ। पहिले हवाई यातायातको सुबिधा नहुँदा, पर्यटकहरू सगरमाथा जान यतैबाट जानपर्ने भएकोले नेपालको स्विट्जरल्यान्डको उपाधि पाएको जिरी, सगरमाथाको प्रवेशद्वार पनि भनिन्छ। यहाँका रैथाने वासिन्दालाई जिरेल भनिन्छ।[४]
विकास
[सम्पादन गर्नुहोस्]जिरी काठमाडौँबाट टाढा भए पनि यसको विकास लोभलाग्दो छ। स्विट्जरल्यान्ड सरकारले जिरीको भू-बनौट आफ्नो जस्तै लागेर यसको विकासमा लामो समयदेखि सहयोग गर्दै आएको छ । २०१४ सालदेखि स्वीस सरकारको सहयोगमा जिरी बहुउद्देशीय विकास परियोजना प्रारम्भ भएको हो। परियोजनाले कृषि सडक, शिक्षा तथा ग्रामीण विकासमा सहयोग गररिहेको छ । स्वीस सरकारको सहयोगमा जिरीमा स्तरीय अस्पताल, भौतिक सुविधासम्पन्न विद्यालय, सबैका घरमा गोठ तथा चर्पी बनेका छन् । स्वीस सरकारको सहयोगमा वृक्षारोपण भएपछि यहाँका सबै डाँडा सल्लाका रुखका कारण हरिया छन् । धेरै डाँडामा चियाखेती गरिएको छ। चिया बगानका कारण पनि जिरीको सौन्दर्य बढेको छ । यहाँ उत्पादित अर्थोडक्स चिया विश्वप्रसिद्ध छ । स्थानीय चीज कारखानामा उत्पादित चीजले राम्रो बजार लिएको छ । जर्मनी र नेपालीको संयुक्त लगानीमा सञ्चालित लामा प्रजनन केन्द्र पनि रहेका कारण यो क्षेत्र कृषि पर्यटनका लागि पनि राम्रो क्षेत्र हो । जिरेल जातिकाे बसोबास रहेको जिरीमा राम्रा होटल तथा लज छन् । विद्यालय-कलेजका विद्यार्थी, नवविवाहित जोडी तथा ट्रेकिङ गर्न रुचाउनेहरूका लागि जिरी महत्त्वपूर्ण क्षेत्र मानिन्छ । चैत-वैशाखमा गुराँसले राताम्य हुने बाटो पुस-माघमा हिउँले पुरिन्छ । शरद ऋृतु मौसम भने जिरी घुम्ने उपयुक्त समय हो ।[४]
तस्वीर सङ्ग्रह
[सम्पादन गर्नुहोस्]- जिरी बजार नेपाल
- जिरी नगरपालिका
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
- 1 2 "जिल्ला विकास समितिको कार्यालय, दोलखा"।[स्थायी मृत कडी]