सामग्रीमा जानुहोस्

विगु गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विगु गाउँपालिका
विगु गाउँपालिका मा पर्दछ बागमती प्रदेश
विगु गाउँपालिका
बागमती प्रदेशको नक्सामा विगु गाउँपालिकाको अवस्थिति
विगु गाउँपालिका मा पर्दछ नेपाल
विगु गाउँपालिका
विगु गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३८′N ८५°५९′E / 27.63°N 85.98°E / 27.63; 85.98
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लादोलखा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षसञ्जीव वली (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षदेवीका थामी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा६६३.२ किमी (२५६.१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१६,४९०
  घनत्व२५/किमी (६४/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४९
केन्द्रसाविक लादुक गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

विगु गाउँपालिका दोलखा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका लामाबगर, ओराङ, बुलुङ, लादुक, चिलङ्खा, आलम्पु, विगुखोपाचाँगु गाविसहरू यसमा गाभिएका थिए।

यसको पूर्वमा गौरीशंकर गाउँपालिका, पश्चिममा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, दक्षिणमा कालिञ्चोक गाउँपालिका तथा उत्तरमा चीन पर्दछ। यस गाउँपालिका ८ वटा वडामा विभाजित छ।[][]

दोलखा जिल्लाको पर्यटकीय स्थल विगु गुम्बाको नामबाट गाउँपालिकाको नाम राखिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार विगु गाउँपालिकाको कुल जनसङ्ख्या १६,४९० रहेको छ भने यहाँ ४,७४७ घरधुरी रहेका छन्।[]

गौरीशङ्कर गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
लामाबगर२,२९०४५६.३२५.०२
ओराङ१,९२५१५.१११२७.४०
बुलुङ१,६९६१२.०६१४०.६३
लादुक३,२०८२६.८८११९.३५
चिलङ्खा२,३२२३८.८१५९.८३
आलम्पु१,६१५६६.८७२४.१५
विगु१,३३९३७.१८३६.०१
खोपाचाँगु२,०९५९.९९२०९.७१
जम्मा१६,४९०६६३.२२२४.८६

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "District Corrected Last for RAJAPATRA", www.mofald.gov.np, अन्तिम पहुँच १७ जुलाई २०१८
  5. "स्थानीय तहहरुको विवरण", www.mofald.gov.np/en (नेपालीमा), स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच १७ जुलाई २०१८

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]