गौरीशङ्कर हिमाल
स्वरूप
| गौरीशङ्कर | |
|---|---|
![]() | |
| सर्वोच्च बिन्दु | |
| शिखर | ७,१३४ मी (२३,४०६ फिट)[१] |
| प्रमुखता | १,६०० मी (५,२०० फिट)[२][notes १] |
| सूचीकरण | अतिरिक्त |
| निर्देशाङ्क | २७°५७′१२″ उत्तर ८६°२०′०९″ पूर्व / २७.९५३३३° उत्तर ८६.३३५८३° पूर्व[२] |
| नामाकरण | |
| नामको भाषा | नेपाली, संस्कृत |
| भूगोल | |
| अवस्थिति | |
| मूल शृङ्खला | रोल्वालिङ हिमाल |
| आरोहण | |
| प्रथम आरोहण | २०३६ वैशाख २५ मा, जोन रोजकेले र दोर्जे शेर्पा |
| सबभन्दा सजिलो मार्ग | हिउँ/हिम आरोहण |
गौरीशङ्कर हिमाल हिमाल नेपालको दोलखा जिल्ला तथा चिनको सिमानामा अवस्थित हिमाल हो। ७१३४ मिटर अग्लो यो हिमालबाट नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ।[१][३] हिन्दू धर्मावलम्बीहरूको अराध्यादेव शिव र पार्वतीको प्रतीक मानिने गौरीशङ्कर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिवन्ध छ। नेपालमा गौरीशङ्कर हिमाललाई पवित्र हिमालका रूपमा लिइन्छ।[४]
अवस्थिति
[सम्पादन]गौरीशङ्कर रोल्वालिङ हिमालको पश्चिमी किनार नजिकै अवस्थित छ जुन राजधानी काठमाडौँबाट १०० किलोमिटर (६२ माइल) उत्तरपूर्वमा पर्दछ।[१] यो काठमाडौँ र सगरमाथाको बीचमा अवस्थित छ र काठमाडौँबाट यसलाई सजिलै देख्न सकिन्छ।[५] रोल्वालिङ हिमालको पश्चिमी सीमामा अवस्थित यस हिमालको पश्चिममा भोटे कोसी उपत्यका अवस्थित छ। यो दोलखा जिल्लामा पर्दछ।[६]
टिप्पणी
[सम्पादन]- ↑ यस शिखरको उचाइ र प्रतिष्ठामा स्रोतहरू व्यापक रूपमा फरक छन्। उदाहरणका लागि पिकबगरले ७१३४ मीटरको उचाइ र १७०९ मिटरको प्रमुखता दिन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- 1 2 3 नेपालका प्रमुख हिमशिखर र उचाई, समय सन्दर्भ, अन्तिम पहुँच २७ डिसेम्बर २०२०, (नेपाली) भाषामा)।
- 1 2 "High Asia II: Himalaya of Nepal, Bhutan, Sikkim and adjoining region of Tibet", पिकलिस्ट, अन्तिम पहुँच ३० मे २०१४।
- ↑ नेपालको प्रमाणिक समय निर्धारण, लोक सेवा सहयोगी, अन्तिम पहुँच २७ डिसेम्बर २०२०, (नेपाली) भाषामा)।
- ↑ गौरीशङ्कर परिपथ निर्माण गर्दै प्रदेश, कान्तिपुर दैनिक, अन्तिम पहुँच २७ डिसेम्बर २०२०, (नेपाली) भाषामा)।
- ↑ काठमाडौंबाटै छ्याङ्ग देखियो सगरमाथा (तस्वीरहरू), हिमाल खबर, अन्तिम पहुँच २७ डिसेम्बर २०२०, (नेपाली) भाषामा)।
- ↑ पर्यटकीय क्षेत्र दोलखाको गौरिशंकर गापा, यस्तो छ आकर्षण, चिनारी पोस्ट, अन्तिम पहुँच २७ डिसेम्बर २०२०, (नेपाली) भाषामा)।
