गौरीशङ्कर हिमाल
स्वरूप
गौरीशङ्कर | |
---|---|
सर्वोच्च विन्दु | |
उचाइ | ७,१३४ मी (२३,४०६ फिट)[१] |
प्रमुखता | १,६०० मी (५,२०० फिट)[२][notes १] |
सूची | अतिरिक्त |
निर्देशाङ्क | २७°५७′१२″उ॰ ८६°२०′०९″पू॰ / २७.९५३३३°N ८६.३३५८३°Eनिर्देशाङ्कहरू: २७°५७′१२″उ॰ ८६°२०′०९″पू॰ / २७.९५३३३°N ८६.३३५८३°E[२] |
नामकरण | |
नामको भाषा | नेपाली, संस्कृत |
भूगोल | |
स्थान | नेपाल |
हिमशृङ्खला | रोल्वालिङ हिमाल |
आरोहण | |
पहिलो आरोहण | २०३६ वैशाख २५ मा, जोन रोजकेले र दोर्जे शेर्पा |
सबैभन्दा सजिलो मार्ग | हिउँ/हिम आरोहण |
गौरीशङ्कर हिमाल हिमाल नेपालको दोलखा जिल्ला तथा चिनको सिमानामा अवस्थित हिमाल हो। ७१३४ मिटर अग्लो यो हिमालबाट नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ।[१][३] हिन्दू धर्मावलम्बीहरूको अराध्यादेव शिव र पार्वतीको प्रतीक मानिने गौरीशङ्कर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिवन्ध छ। नेपालमा गौरीशङ्कर हिमाललाई पवित्र हिमालका रूपमा लिइन्छ।[४]
अवस्थिति
[सम्पादन गर्नुहोस्]गौरीशङ्कर रोल्वालिङ हिमालको पश्चिमी किनार नजिकै अवस्थित छ जुन राजधानी काठमाडौँबाट १०० किलोमिटर (६२ माइल) उत्तरपूर्वमा पर्दछ।[१] यो काठमाडौँ र सगरमाथाको बीचमा अवस्थित छ र काठमाडौँबाट यसलाई सजिलै देख्न सकिन्छ।[५] रोल्वालिङ हिमालको पश्चिमी सीमामा अवस्थित यस हिमालको पश्चिममा भोटे कोसी उपत्यका अवस्थित छ। यो दोलखा जिल्लामा पर्दछ।[६]
टिप्पणी
[सम्पादन गर्नुहोस्]- ↑ यस शिखरको उचाइ र प्रतिष्ठामा स्रोतहरू व्यापक रूपमा फरक छन्। उदाहरणका लागि पिकबगरले ७१३४ मीटरको उचाइ र १७०९ मिटरको प्रमुखता दिन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ "नेपालका प्रमुख हिमशिखर र उचाई"। समय सन्दर्भ (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२०।
- ↑ २.० २.१ "High Asia II: Himalaya of Nepal, Bhutan, Sikkim and adjoining region of Tibet", पिकलिस्ट, अन्तिम पहुँच ३० मे २०१४।
- ↑ "नेपालको प्रमाणिक समय निर्धारण"। लोक सेवा सहयोगी (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२०।
- ↑ "गौरीशङ्कर परिपथ निर्माण गर्दै प्रदेश"। कान्तिपुर दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२०।
- ↑ "काठमाडौंबाटै छ्याङ्ग देखियो सगरमाथा (तस्वीरहरू)"। हिमाल खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२०।
- ↑ "पर्यटकीय क्षेत्र दोलखाको गौरिशंकर गापा, यस्तो छ आकर्षण"। चिनारी पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२०।