दोलखा बजार
स्वरूप
दोलखा बजार | |
|---|---|
बजार/पूर्व गाविस | |
| निर्देशाङ्क: २७°४६′N ८६°०७′E / 27.77°N 86.12°E | |
| देश | |
| प्रदेश | बागमती प्रदेश |
| जिल्ला | दोलखा जिल्ला |
| क्षेत्रफल | |
| • जम्मा | ११.८९ किमी२ (४.५९ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ११३८७ |
| • घनत्व | ९६०/किमी२ (२५००/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
दोलखा बजार बागमती प्रदेशको दोलखा जिल्लाको एक प्रमुख बजार तथा व्यापारिक केन्द्र हो। यो वि.सं २०५३ साल भन्दा अगाडी सम्म गाविसको रूपमा अस्तित्वमा रहेको थियो। वि.सं २०५३ माघ ११ गते दोलखा बजार, चरिकोट, माटी र मकैवारी गाविसहरू गाभिएर भीमेश्वर नगरपालिका गठन भएको थियो र यो ठाउँ वडा नम्बर २-४ मा विभाजित बनेको थियो। बाह्रौँ राष्ट्रिय जनगणना २०७८मा यस ठाउँको जनसङ्ख्या ११,३८७ रहेको थियो जसमध्ये ५,४८४ पुरुष र ५,९०३ महिला रहेका थिए भने यहाँ ३,२६९ घरधुरी रहेको थियो।[१] यो हाल भीमेश्वर नगरपालिकामा पर्दछ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "वडा रिपोर्ट राष्ट्रिय जनगणना २०७८ नतिजा", नेपाल सरकार (राष्ट्रिय तथ्याङ्क कार्यालय), अन्तिम पहुँच २७ जेठ २०८२।