सामग्रीमा जानुहोस्

तारकेश्वर नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तारकेश्वर नगरपालिका
तारकेश्वर नगरपालिका is located in बागमती प्रदेश
तारकेश्वर नगरपालिका
बागमती प्रदेशको नक्सामा तारकेश्वर नगरपालिकाको अवस्थिति
तारकेश्वर नगरपालिका is located in नेपाल
तारकेश्वर नगरपालिका
तारकेश्वर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४४′४८″उ॰ ८५°३०′३५″पू॰ / २७.७४६६७°N ८५.५०९७२°E / 27.74667; 85.50972निर्देशाङ्कहरू: २७°४४′४८″उ॰ ८५°३०′३५″पू॰ / २७.७४६६७°N ८५.५०९७२°E / 27.74667; 85.50972
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ
स्थापित२०७१ मङ्सिर १६
सरकार
 • नगरप्रमुखकृष्‍णहरी महर्जन (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखसृजना बुर्लाकोटी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा५४.९५ किमी (२१.२२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५१,४७९
 • घनत्व२८००/किमी (७१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१
वेबसाइटआधिकारिक वेबसाइट

तारकेश्वर नगरपालिका काठमाडौँ जिल्लाका १० वटा नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका साङला, जितपुरफेदी, काभ्रेस्थली, धर्मस्थली, गोलढुङ्गा, मनमैंजुफुटुङ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तारकेश्वर नगरपालिकाको कुल जनसङ्ख्या १,५१,४७९ रहेको छ भने यहाँ ४१,३६२ घरधुरी रहेका छन्।[]

पर्यटकीय सम्भावना

[सम्पादन गर्नुहोस्]

शिवपुरी राष्ट्रिय निकुञ्जको काखमा रहेको यो नगरपालिका पश्चिममा नुवाकोटको ओखरपौवा गाविस, पूर्वमा टोखा नगरपालिका र दक्षिणमा काठमाडौँ महानगरपालिका अवस्थित छ। नगरपालिकाको नामाकरण गरिएको तारकेश्वर महादेव धार्मिक स्थल साथै पर्यटकीइ थलो पनि हो। शिवपुरी राष्ट्रिय निकुञ्जभित्र रहेको यो स्थल २ हजार मिटरभन्दा उच्च स्थानमा छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]