श्रीरामानुज सत्संग आश्रम
Jump to navigation
Jump to search
श्रीरामानुज सत्संग आश्रम सुनसरी जिल्ला मा पर्ने एउटा प्रसिद्ध धार्मिक स्थल हो। कोशी नदी को शाखा नहरको किनारमा यो स्थल रहेको छ। यस पुण्य स्थलमा वर्षै पिच्छे श्रीमद्भागवत महापुराण, श्रीमद्विष्णु महापुराण, वाल्मिकीय रामायण, श्रीमद्भगवद्गीता आदि ग्रन्थहरूको कथा- प्रवचन, पाठ-पारायण आदि हुँदै आएको छ। यहाँ हरेक वर्ष पौष महिना भर श्रीधनुर्मास व्रत कथा पारायण गरिन्छ। एकादशी, श्रीवामन द्वादशी, श्रीमन्नृसिंह चतुर्दशी, कृष्ण जन्माष्टमी, राम नवमी आदि समयमा भगवानको धुमधामले उत्सवादि गर्ने गरिन्छ।
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]