एभरेष्ट विज्ञान केन्द्र
Jump to navigation
Jump to search
एभरेष्ट विज्ञान केन्द्र नेपालको एकमात्र र पहिलो रूपमा स्थापित यो केन्द्र सुनसरी जिल्लाको दक्षिणपूर्वि भागमा पर्ने सितागञ्जमा हाल निर्माणाधीन अवस्थामा रहेको छ। यो विराटनगरबाट करिब ७ किलोमिटर दक्षिण पश्चिममा पर्दछ। एभरेष्ट विज्ञान केन्द्र, नेपाल (ESCN), एशोसिएशन अफ साइन्स टेक्नोलोजी सेन्टर, वासिङ्टन डीसीको सदस्यता बन्ने पहिलो नेपालको संस्था हो। नेपालको विज्ञान तथा प्रविधिको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने उद्देश्यले स्थापना भएको यो केन्द्र यस जिल्लाको प्रमुख पर्यटकीय स्थल र सुन्दर बनभोज स्थलको रूपमा विकसित हुँदै आएको छ।