ठिंगेढुंगा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ठिंगेढुंगा सुनसरी जिल्लामा रहेको ऐतिहासिक तथा पुरातत्विक महत्त्वको स्थान हो। धरानदेखि पूर्वपट्टि रहेको पाँचकन्या गाविस वडा नम्बर ५ ठिंगाबारीमा किराँत वा सेन राजाहरूको ऐतिहासिक प्रमाणको रूपमा ठिंगेढुंगा भेटिन्छ। यही खडा भएको ठिंगेढुंगाबाट यो गाउँको नाम पनि ठिंगाबारी रहेको छ।