सामग्रीमा जानुहोस्

कोरियाली भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कोरियन भाषाबाट अनुप्रेषित)
कोरियाली
한국어 (韓國語) / 조선말 (朝鮮말)
Hanguk-eo, Chosŏnmal
मूलभाषीकोरियाली प्रायद्वीप
मातृभाषी वक्ता~ ७५ लाख
  • कोरियाली
हाङ्गुल (मुख्य)
हान्जा
सरकारी दर्जा
अल्पसङ्ख्यक भाषाको
रूपमा मान्यता
चीन
भाषा सङ्केतहरू
आइएसओ ६३९-१ko
आइएसओ ६३९-२kor
आइएसओ ६३९-३विविध:
kor
okm
oko
oko
okm
 oko
ग्लोटोलगkore1280[]
भाषाविद् प्रयोगशाला45-AAA-a
कोरियाली भाषीहरू (रातो), कोरिया भन्दा बाहिरका कोरियाली भाषीहरू (हरियो)
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

कोरियाली भाषा (한국어/조선말) गणतन्त्र कोरियाप्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाको आधिकारिक भाषा हो । करिब ८० लाख मानिसहरूले कोरियाली भाषा बोल्ने अनुमान गरिन्छ ।[] कोरियाली भाषा र जापानी भाषा एकै भाषा परिवारका हुन या होइनन् भन्ने विषय अझै विवादित विषय हो ।

पन्ध्रौँ शताब्दीमा राजा सिजोङले चिनियाँ लिपि (हान्जा) मात्र पर्याप्त नभएको ठानी वर्णमालाको विकास गरे । ती वर्णमाला लाई हाल हाङ्गुल भनिन्छ । हाङ्गुल छिट्टै लोकप्रिय बन्दै गई यसले कोरियाको साक्षरता बढाउँदैँ लग्यो । आजको समयमा हान्जाको कम प्रयोग गरिन्छ तर केही कलात्मक कार्यमा र भाषागत अध्ययनमा प्रयोग गरिन्छन् ।

७० वर्षको कोरियाली युद्धले दक्षिण र उत्तर कोरिया बिचमा भाषिक भिन्नता भने निम्त्याउँदैँ लगेको छ ।

कोरियाली भाषालाई विभिन्न नामहरू दिइएका छन् । दक्षिण कोरियामा hanguk-eo (कोरियाली भाषा), hanguk-mal, uri-mal (हाम्रो भाषा) जस्ता नाम दिइएका छन् । उत्तर कोरिया र चीनमा भने Chosŏn-ŏ भनिन्छ ।

भाषा प्रयोग

[सम्पादन गर्नुहोस्]

कोरियाली भाषा मुख्य रूपमा कोरिया र चीन, जापान, अमेरिका, रसिया जस्ता मुलुकहरूमा पनि बोलिन्छन् ।

कोरियाली भाषा दक्षिण कोरिया र उत्तर कोरियाली कामकाजको मुख्य भाषा हो । दक्षिण कोरिया अन्तर्गत नेसनल इन्सिच्ट्युट अफ कोरियान ल्याङ्गोयज र उत्तर कोरियाको ल्याङ्गोयज इन्सिच्ट्युट यस भाषाका संस्थाहरू हुन् ।

hanguk

कोरियाली भाषा कर्ता-कर्म-क्रिया हुने भाषा हो । भाषा प्रयोगका लागि क्रिया नै पुग्दो हुन्छ । वाक्यमा (म, तिमी) जस्ता सर्वनामहरूको प्रयोग कमै गरिन्छन् । वचन, लिङ्ग, विभक्तिका कोरियाली भाषामा छैनन् ।

कोरियाली भाषामा सम्मानार्थ क्रियाको अन्तिममा त्यही स्वरुप दिई बोलिन्छन् । नेपाली भाषामा जस्तै सम्मानार्थ (दाजु, दिदी...) जस्ता शब्दका प्रयोग हुन्छन् । वाक्य आदारार्थ स्वरुप बोलिन्छन् ।

यहाँ कोरियाली वर्णमाला दिइएका छन् :

व्यञ्जन
हङ्गुल
नेपाली प् त् च् क् स् अं र / ल
RR b d j g pp tt jj kk p t ch k s h ss m n ng r, l
IPA p t t͡ɕ k t͡ɕ͈ t͡ɕʰ s h m n ŋ ɾ, l
स्वर
हङ्गुल
नेपाली ओए एओ यी ये यै या यो यु यौ वी वे वै वा वो
RR i e oe ae a o u eo eu ui ye yae ya yo yu yeo wi we wae wa wo
IPA i e ø ɛ a o u ʌ ɯ ɰi je ja jo ju ɥi we wa

कोरियाली शब्दहरू मुख्य रूपमा क, ल, म, न, ङ, प, त जस्ता व्यञ्जनमा अन्त हुन्छन् । अङ्ग्रेजी जस्ता बाह्य शब्दहरू आगन्तुक हुन आएमा इयु (ㅡ) थपिने गरिन्छ । जस्तै 'त' मा अन्त हुने अङ्ग्रेजी शब्दलाई तिउ बनाई उच्चारण गरिन्छ । अङ्ग्रेजी 'फ' मा अन्त हुने शब्दहरूलाई 'प' मा अन्त गरिन्छ ।

उत्तर र दक्षिण कोरियामा भिन्नता

[सम्पादन गर्नुहोस्]

दक्षिण कोरिया र उत्तर कोरियामा उच्चारण, व्याकरण, शब्दगत भिन्नताहरू पाइन्छन् ।[]

दक्षिण कोेरियामा अङ्ग्रेजी भाषाहरूबाट शब्दहरू विकास हुँदै गएका पाइन्छन् भने उत्तर कोरियामा रसियाली शब्दको प्रवेश वा नयाँ शब्दहरू विकास गरिएका पाइन्छन् ।

भाषा अध्ययन

[सम्पादन गर्नुहोस्]

अरेबिक, चिनियाँ, जापानीसँगै कोरियाली भाषालाई अध्ययनका लागि कठिन भाषा मानिन्छ ।[] जापानी भाषीहरूलाई भने कोरियाली भाषा सजिलो हुने बताइन्छ ।[]

कोरियाली भाषा जाँचका लागि मुख्य रूपमा KLPT र TOPIK जाँच रहेका छन् । TOPIK सन् १९९७बाट सुरुवात गरिएको थियो र २२७४ जाना व्यक्तिहरूले परीक्षा दिएका थिए, हालसम्म एक लाख भन्दा बढी व्यक्तिले TOPIK भाषा परीक्षा दिई सकेका छन् ।[]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Korean", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान। 
  2. Summary by language size, table 3 .
  3. Kanno, Hiroomi (ed.) / Society for Korean Linguistics in Japan (1987). Chōsengo o manabō (『朝鮮語を学ぼう』), Sanshūsha, Tokyo. ISBN 4-384-01506-2
  4. "Languages", United States Department of State, अन्तिम पहुँच २०१६-०५-२७ 
  5. Fujita-Round, Sachiyo; John C. Maher (२००७), Language Education Policy in Japan, "Language policy and political issues in education", Encyclopedia of Language and Education (United States: Springer), पृ: 393–404, आइएसबिएन 978-0-387-32875-1 
  6. "Korean language test-takers pass 1 mil.", The Korea Times, अन्तिम पहुँच २५ जनवरी २०१३ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
  • Korean phrasebook विकियात्रामा यात्रा सहयोगी