नेपालका विश्व सम्पदा क्षेत्रहरूको सूची
Jump to navigation
Jump to search
सन् २०१४ सम्ममा नेपालका चार वटा सम्पदाहरूलाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]
विश्व सम्पदा क्षेत्रहरूको स्थान[सम्पादन गर्ने]
विश्व सम्पदा क्षेत्रहरूको सूची[सम्पादन गर्ने]
युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको नेपाली सांस्कृतिक र प्राकृतिक स्थलहरूको सूची:
- नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
- क्षेत्र: नेपालको इलाका तथा क्षेत्र
- समय: स्थापना भएको वर्ष
- युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
- विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
† खतरापूर्ण सम्पदा
क्रम सं. |
नाम | चित्र | क्षेत्र | समय | युनेस्को डेटा | विवरण | सन्दर्भ |
---|---|---|---|---|---|---|---|
१ | चितवन राष्ट्रिय निकुञ्ज | ![]() |
चितवन जिल्ला, नारायणी अञ्चल, ![]() २७°३०′०″उ॰ ८४°२०′०″पू॰ / २७.५००००°N ८४.३३३३३°E |
२०औं शताब्दी | २८४; १९८४; vii, ix, x | चितवन राष्ट्रिय निकुञ्ज (पहिले शाही चितवन राष्ट्रिय निकुञ्ज) (चि.रा.नि.) नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो । यसको स्थापना सन् १९७३ मा गरिएको हो । | [२] |
२ | काठमाडौँ उपत्यका | काठमाडौँ उपत्यका, ![]() २७°४२′१४″उ॰ ८५°१८′३१″पू॰ / २७.७०३८९°N ८५.३०८६१°E |
१४औं शताब्दी | १३७; १९७९; iii, iv, vi | काठमाण्डौ उपत्यका नेपालको ऐतिहासिक सहर तथा युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत क्षेत्र हो । काठमाडौँ उपत्यकामा (अथवा नेपाल उपत्यका)मा ३ जिल्ला काठमाडौँ, ललितपुर तथा भक्तपुर पर्दछन् । | [३] | |
३ | लुम्बिनी | ![]() |
रूपन्देही जिल्ला, लुम्बिनी अञ्चल, ![]() २७°२८′८″उ॰ ८३°१६′३४″पू॰ / २७.४६८८९°N ८३.२७६११°E |
५औं शताब्दी | ६६६; १९९७; iii, vi | लुम्बिनी गौतम बुद्धको जन्मथलो हो । लुम्बिनी अञ्चल यसै ठाउँको नामबाट नामाकरण गरिएको । | [४] |
४ | सगरमाथा राष्ट्रिय निकुञ्ज | सोलुखुम्बु जिल्ला, सगरमाथा अञ्चल, ![]() २७°५७′५५″उ॰ ८६°५४′४७″पू॰ / २७.९६५२८°N ८६.९१३०६°E |
१९औं शताब्दी | १२०; १९७९; vii | सगरमाथा राष्ट्रिय निकुञ्ज पूर्वी नेपालको सोलुखुम्बु जिल्लाको उत्तरी भागमा छ जसले सगरमाथा, ल्होत्से, नुप्त्से, चो यु, आमादब्लम हिमालहरू तथा यस वरिपरिको क्षेत्रको ओगटेको छ। यसको क्षेत्रफल ११४८ वर्ग कि.मि. छ । | [५] |
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Properties Inscribed on the World heritage List", UNESCO, अन्तिम पहुँच २०१०-१०-०१।
- ↑ "Chitwan National Park", UNESCO, अन्तिम पहुँच २८ मे २०१०।
- ↑ "Kathmandu Valley", UNESCO, अन्तिम पहुँच २८ मे २०१०।
- ↑ "Lumbini, the Birthplace of the Lord Buddha", UNESCO, अन्तिम पहुँच २८ मे २०१०।
- ↑ "Sagarmatha National Park", UNESCO, अन्तिम पहुँच २८ मे २०१०।