गुजरात, पाकिस्तान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुजरात

گُجرات
निर्देशाङ्क: ३२°३४′२६″उ॰ ७४°४′४४″पू॰ / ३२.५७३८९°N ७४.०७८८९°E / 32.57389; 74.07889निर्देशाङ्कहरू: ३२°३४′२६″उ॰ ७४°४′४४″पू॰ / ३२.५७३८९°N ७४.०७८८९°E / 32.57389; 74.07889
देश पाकिस्तान
प्रदेशपञ्जाब, पाकिस्तान पञ्जाब
जिल्लागुजरात
सरकार
 • उप-आयुक्तमहम्मद अली
 • जिल्ला प्रहरी अधिक्रीतसोहाली जाफर चथाह
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
सम्पर्क कोड०५३
सङ्घिय परिसरको सङ्ख्या१८

गुजरात (पञ्जाबी, उर्दु: گُجرات) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको गुजरात जिल्लाको सदरमुकाम शहर हो ।[१] यो शहर पाकिस्तानको १८ औँ ठूलो शहर हो । नजिकका दुई ठूलो शहर सियालकोट र गुजराणवालासँग गुजरातले औद्योगिकका क्षेत्रमा आयात र निर्यातको काम गर्छ जसलाई सुनौलो त्रिभुग पनि भन्ने गरिन्छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

गुजरात र गुजरातका आसपासको क्षेत्र शेर शाह सूरी अवधि को समयमा मुगल शासन भन्दा पहिले बसेको थियो । यस क्षेत्रलाई सबैभन्दा पहिला सूरीका गभर्नर खवास खानलाई सम्मान गरेका कारण यस ठाउँनाम खवासवुर राखिएको थियो ।[२] स्थानीय परम्पराहरूले राज्यमा गुजरात क्षेत्रमा निर्माण हुने दोस्रो शहरको रूपमा लिएको थियो त्यलाई मुगल शाशकहरूले १३०३ मा आक्रमण गरेर ध्वस्त पारेका थिए ।

गुजरात शहर तेस्रा मुगल शासक अकबरको पालामा विकसित गरिएको थियो र त्यहाँ गुजरात वन्दरगाहाको पनि निर्माण गरिएको थियो । त्यसपछि यो शहरलाई गुजर जनजातिको सन्दर्भमा राखिएको नाम राखिएको थियो र त्यसैले आज यस शहरलाई गुजरात भनिन्छ । सम्राट शासक गाहाँगीरको शासनकालमा गुजरात शहर कश्मीर भ्रमण गर्दा मुगल शासकहरूले प्रयोग गरेको मार्गको अंशको रूपमा रहेको थियो । मुगल शासनकालमा गुजरातलाई ५ बटा प्रवेश द्वार भएको एक ठूलो पर्खालले धेरेएको थियो , जसमध्ये अहिले शाह दैला प्रवेश द्वारमात्र भत्किएको छैन ।

भुगोल[सम्पादन गर्नुहोस्]

अवस्थिती[सम्पादन गर्नुहोस्]

गुजरात जिल्ला पाकिस्तान पञ्जाब प्रान्तमा रहेको एक जिल्ला हो र यो जिल्लालाई उत्तर-पुर्व तिरबाट जम्मू र कश्मीरले धेरेको छ र उत्तर-पश्चिम तर्फबाट झेलम नदिले धरेको छ जसले गुजरात र झेलम जिल्ला छुट्टयउछ त्यस्तै गरी पुर्व र दक्षिण-पुर्वबाट चेनाब नदिले ढाकेको जसले गुजराणवाला जिल्ला र सियालकोट जिल्लालाई छुट्टयाउँछ र पश्चिम तर्फबाट भने मण्डी बहाउद्धेन जिल्लाले धेरेको छ । यो जिल्ला कुल ३,१९२ वर्ग किलोमिटर दुरीमा फ‌लिएको छ । गुजरात लाहोरबाट १२० किलोमिटर उत्तरमा रहेको छ ।

मौसम[सम्पादन गर्नुहोस्]

गुजरातमा मध्यम खालको मौसम रहेको छ जसमा ग्रिष्म ऋतुमा गर्मी र हिउँद ऋतुमा जाडो हुन्छ । ग्रिष्म ऋतुको बेलामा यस ठाउँ तापक्रम अधिकतम ४५ डिग्री सम्म मापन गरिएको छ तर आजद कश्मीर हिमालले गर्दा तापक्रम धेरै समय सम्म अधिक हुन सक्दैन । यस ठाउँ हिउँद ऋतुमा तापक्रम न्युनतम २ डिग्री सम्म मापन गरिएको छ भने कश्मीरको सिमानामा वार्सिक औसत १०० सेन्टिमिटर पानी भने गुजरातमा ६७ सेन्टिमिटर पानी पर्ने गरेको छ ।

गुजरातको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम औसत °से (°फे) १९.२
(६६.६)
२२.१
(७१.८)
२७.४
(८१.३)
३३.७
(९२.७)
३९.१
(१०२.४)
४१.१
(१०६.०)
३६.३
(९७.३)
३४.६
(९४.३)
३५.१
(९५.२)
३३.१
(९१.६)
२७.२
(८१.०)
२१.२
(७०.२)
३०.८
(८७.५)
दैनिक औसत °से (°फे) १२.४
(५४.३)
१५.१
(५९.२)
२०.३
(६८.५)
२६
(७९)
३१.१
(८८.०)
३४
(९३)
३१.४
(८८.५)
३०.२
(८६.४)
२९.४
(८४.९)
२५.३
(७७.५)
१८.७
(६५.७)
१३.५
(५६.३)
२४.०
(७५.१)
न्यूनतम औसत °से (°फे) ५.६
(४२.१)
८.१
(४६.६)
१३.३
(५५.९)
१८.४
(६५.१)
२३.२
(७३.८)
२६.९
(८०.४)
२६.६
(७९.९)
२५.८
(७८.४)
२३.८
(७४.८)
१७.६
(६३.७)
१०.२
(५०.४)
५.८
(४२.४)
१७.१
(६२.८)
औसत वर्षा मिमी (इन्च) ३८
(१.५)
३७
(१.५)
३६
(१.४)
२१
(०.८)
१९
(०.७)
४७
(१.९)
१८२
(७.२)
२०५
(८.१)
८३
(३.३)
१२
(०.५)

(०.२)
१८
(०.७)
७०३
(२७.८)
स्रोत: क्लाईमेट डाटा डट ओआरजी

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार गुजरात जिल्लाको कुल जनसङ्ख्या २०,४८०,०० रहेको छ जसमध्ये १०,२६०,०० पुरुष रहेका छन् भने १०,२२०,०० महिला रहेका छन् । जनसङ्ख्याको जनघनत्व ६४२ प्रती वर्ग किलोमिटर रहेको छ जसमध्ये ७३.३ % ग्रामीण क्षेत्रमा बसोबास गर्छन् भने २७.७ % शहरी क्षेत्रमा बसोबास गर्छन् । यस जिल्ला कुल ३,०५०,९७ घरहरू रहेका छन् ।[३]

यातायात[सम्पादन गर्नुहोस्]

सञ्चार[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "यानडेक्स म्यापमा गुजरातको अवस्थिती", यानडेक्स म्याम। 
  2. नाज, निलुम, "गुजराणवाला शहरी विकासको ऐतिहासिक परिप्रेक्ष्य", लाहोर, अन्तिम पहुँच २२ डिसेम्बर २०१७ 
  3. "पञ्जाब प्रदेशको जनसङ्ख्याको जनाकारी", पाकिस्तान राष्ट्रिय तथ्याङ्क विभाग।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-१९ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]