सामग्रीमा जानुहोस्

अरिफवाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(अरिफवाला तहसीलबाट अनुप्रेषित)
अरिफवाला
عارِف والا
शहर
आरिफ वाला
पञ्जाब प्रदेशको नक्शामा आरिफ वाला तहसीलको अवस्थितिको अवस्थिति
पञ्जाब प्रदेशको नक्शामा आरिफ वाला तहसीलको अवस्थिति
निर्देशाङ्क: ३०°१७′५३″उ॰ ७३°३′२२″पू॰ / ३०.२९८०६°N ७३.०५६११°E / 30.29806; 73.05611निर्देशाङ्कहरू: ३०°१७′५३″उ॰ ७३°३′२२″पू॰ / ३०.२९८०६°N ७३.०५६११°E / 30.29806; 73.05611
देश पाकिस्तान
प्रदेशपञ्जाब, पाकिस्तान पञ्जाब
क्षेत्रसाहिवाल
जिल्लापकपत्तान
तहसीलआरिफ वाला
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
सम्पर्क कोड०४५७

आरिफ वाला (उर्दु: عارِف والا), (पन्जाबी: عارفوالا ) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको पाकपत्तार जिल्ला एक प्रमुख शहर हो । यो शहर पकपत्तान जिल्लाको दक्षिण-पश्चिममा रहेको छ । यो शहर पाकिस्तानकै एक प्राचीन शहरको हो । [१]

१९अौँ शताब्दी आरिफ वाला केवल एक गाँउको रूपमा थियो जसको नाम मा चोक नम्बर ६१ थियो । पछि यस शहरमा आरिफ बाबाले बसोबास गरेका कारण आरिफवालामा पुन नामाङ्करण गरिएको थियोे । यस शहरमा प्रख्यातया: सिंह, एरेन, राजपूत राना, राजपुट, भट्टी र गुजर यहाँका प्रमुख जातीहरू हुन । सन् १९८७ मा आरिफ वालालाई उप-विभाजन को स्थिति मा स्थापित गरिएको थियो र १९९५ मा यो शहर पाकपत्तान जिल्लासँग आवद्ध भऐको थियो ।

यस शहरको प्रमुख पेशा कृषि हो । यस शहरको कुल जनसङ्ख्याको लगभग ७५% जनसङ्ख्या ग्रामीण क्षेत्रमा बसोबास गर्छन् भने बाँकी रहेका २५% जनसङ्ख्याहरू शहरी क्षेत्रमा बसोबास गर्दै आएका छन् । तर यो प्रवृत्ति आरिफवाला शहरमा औद्योगिककरण को वृद्धि र स्थाननतरण गर्नका लागि पनि मानिहरू ग्रामीण क्षेत्रबाट शहर क्षेत्रमा बसाइँसराइ गरेको पाइन्छ । अरिवाला तहसीलले पाकिस्तानको कुल क्षेत्रफल मध्य २,९५१,४६ वर्ग एकड ओगटेको छ भने यस शहरमा जनसङ्ख्या ७,२००,०० रहेको छ । यस शहरको प्रमुख मातृभाषा पञ्जाबी हो भने उर्दु भाषा साहाएक भाषाको रूपमा रहेको छ ।

अरिवाला शहरको उद्योग मुख्य रूपमा कृषिमा आधारित छ । मुख्य उद्योगहरूमा पेय र खाद्य प्रसंस्करण एकाइहरू, चामल मिल, कपास गाइन्टिङ र प्रेसिङ, पिठो मिल्स, उर्वरक कम्पनीहरू, वनस्पति ध्यु र तेल, पोल्ट्री फिड, बीउ प्रसोधन, र छाला उत्पादनहरूका कम्पनीहरू यस शहरमा रहेका छन् ।

अमरिफ वाला शहरको मौसम ग्रिष्म ऋतुमा अत्याधिक तापमान ४५ डिग्री सम्म पुग्छ भने हिउँदमा शहरको तापमान ५ डिग्री सम्म मापन गरिएको छ । यस शहरको माटो उर्वर भएका कारण धेरै खाद्यान्नहरू उब्जाउ गर्न योग्य छ ।

यस शहरमा विभिन्न सरकारी र निजी अस्पतालहरू रहेका छन् जसले प्राथमिक र माध्यमिक स्वास्थ समुदायहरूमा कुशल र प्रभावशाली सेवा वितरण प्रणाली मार्फत गुणवत्ता स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अहमद हेल्थ कम्प्लेक्स एक पाकिस्तान आधारित गैर सरकारी निष्पक्ष र लाभकारी संस्था हो जसले अहिले सम्म जनसमुदायहरूमा राम्रो सुविधा प्रदान गरेको छ ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "पकपत्तान जिल्लाका तहसील र सङ्घिय परिसरहरू", पाकिस्तान जिल्ला सरकार, अन्तिम पहुँच २४ अक्टोबर २०१२  वेब्याक मेसिन अभिलेखिकरण ९ फेब्रुअरी २०१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]