शिशुपालबधम्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृष्णले शिशुपाललाई जनाउ दिंदै गरेको

शिशुपालबध संस्कृतका विख्यात कवि माघको प्रसिद्ध महाकाव्य हो । यस महाकाव्यको कथावस्तु यसप्रकार रहेको पाइन्छ :- जरासन्धको बधपश्चात् श्रीकृष्ण, अर्जुनभीम इन्द्रप्रस्थ आएर धर्मराज युधिष्ठिरलाई सारा वृत्तान्त सुनाए । सो वृत्तान्त सुनेपछि युधिष्ठिर अत्यन्त प्रसन्न भए । त्यसपछि युधिष्ठिरले राजसूय यज्ञको तयारी गरे । यज्ञ सम्पन्न गर्न त्यस बेलाका ठुलाठुला विद्वान् ऋषिमहर्षिलाई आमन्त्रण गरिएको थियो । त्यस राजसूय यज्ञमा भगवान वेदव्यास, भारद्वाज, गौतम, असित, वसिष्ठ, च्यवन, कण्व, मैत्रेय, जित, विश्वामित्र, वामदेव, सुमति, जैमिनि, क्रतु, पैल, पराशर, गर्ग, वैशम्पायन, अथर्वा, कश्यप, धौम्य, परशुराम, शुक्राचार्य, आसुरि, वीतिहोत्र, वीरसेन, अकृतब्रण आदि - ऋषिमहर्षिहरू ऋत्विक्का रूपमा उपस्थित थिए । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. शर्मा, प्रा.गोपीकृष्ण (२०५६), संस्कृत साहित्यको रूपरेखा, काठमाडौं : अभिनव प्रकाशन

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य सन्दर्भ[सम्पादन गर्नुहोस्]

[१] [२]