श्रीहर्ष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

श्रीहर्ष संस्कृत विचित्रमार्गी महाकाव्य परम्पराका एक उच्च कोटिका कवि हुन् । यिनको समय वाह शताव्दि मानिएको छ| यिनले श्रृङ्गाररसको प्रयोग आफ्नो काव्यमा जसरी गरेका छन् त्यो कसैले पनि गर्न सकेको देखिंदैन ।समालोचक का अनुसार यिनी अलङ्कृत शैलीका सर्वश्रेष्ठ काव्य रचयिता हन्, (उदितेनैषधे काव्ये क्व माघः, क्व च भारविः) | समालोचक हरू उदाहरणको रूपमा यिनले नैषधीयचरितको एउटै श्लोकमा चार देवता र एक नलसमेत पा“च जनाको छुट्टाछुट्टै अर्थ द्योतन गर्ने श्लेषात्मक आलङ्कारिक योजना गरेर आफ्नो विलक्षण कवित्वको परिचय दिएका छन भन्नेमा सहमत छन|