नैषधीयचरित
Jump to navigation
Jump to search
निषधदेशका राजा नल र दमयन्तीको प्रेमकथामा आधारित संस्कृत का कवि श्रीहर्ष रचित ‘नैषधीयचरित’ महाकाव्यमा लामा–लामा २२ सर्ग र २८३० श्लोक छन् । आरम्भमा राजा नलको विशद् वर्णन छ । राजाले हंसलाई दमयन्तीकहा“ पठाएको, हंसले त्यहा“ गई एकान्तमा नलको सौन्दर्यको वर्णन गरेको, राजा भीमले दमयन्तीका लागि स्वयंवरको आयोजना गरेको, देवताहरू नलको रूप धारण गरेर सभामा उपस्थित भएको, देवताहरूले नलप्रति दमयन्तीको अनुराग देखेर आफ्ना विशिष्ट चिन्हद्वारा नललार्ई चिन्ने वातावरण बनाएको तथा नल दमयन्तीको विवाह भएको प्रसङ्ग यसमा छ । अन्त्यमा नल र दमयन्तीको श्रृङ्गार वर्णन, स्वयंवरमा आएका राजाहरूको वर्णन, कलियुगको चित्रण, देवस्तुति तथा सूर्योदयको वर्णन पनि पाईन्छ ।