पोखराथोक, अर्घाखाँची
पोखराथोक, अर्घाखाँची | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २७°५६′N ८३°११′E / २७.९३°N ८३.१९°Eनिर्देशाङ्कहरू: २७°५६′N ८३°११′E / २७.९३°N ८३.१९°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | अर्घाखाँची जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ३,६८२ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
पोखराथोक नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, अर्घाखाँची जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३६८२ रहेको थियो जसमध्ये १५६४ पुरुष र २११८ महिला रहेका थिए भने यहाँ ८०० घरधुरी रहेको थियो।[१][२] यो हाल पाणिनी गाउँपालिकामा पर्दछ।
नेपालकै पुराना विद्यालयहरू मध्येको हरिहर संस्कृत विद्यालय(स्थापना: वि. सं. १९९४) यसै गा. वि. स.मा पर्छ । साविक पोखराथोक गाउँविकास समिति रहेको यस गाबिस समिति भित्र १) पोखराथोक २) चिदिपानी ३) रयले ४) चारनम्वर ५) पिपलडाडा ६) डाडाकटेरी ७) कैयारी ८) रजौसा र ९) डाङग्रे गाउँहरू रहेका छन । पाणिनी तपोभूमी यहाँको प्रसिद्ध धार्मिक तथा शैक्षिक तिर्थस्थल हो । व्याकरणकार पाणिनीले यही क्षेत्रमा तपस्या गरी संस्कृत व्याकरणको रचना गरेको विश्वास गरिन्छ भने नेपालकै पुरानो मध्ये एक मानिने हरिहर पाठशाला यही गाउमा अवस्थित रहेको छ , हाल यस पाठशालालाई श्री हरिहर संस्कृत तथा साधारण उच्च माध्यमिका बिद्यालयका रूपमा चिनिन्छ । यस गांउमा ब्राह्मण, क्षेत्री, मगर, कामी, दमाई, सार्की आदि जाती तथा जनजातीको बसोवास रहेको छ ।पोखराथोक, अर्घाखाँची जिल्लाको पूर्वी भेगमा पर्ने पोखराथोक गाउँको सिरानमा एउटा ठूलो चौर र दह छ, जहाँ पाणिनि ॠषिले तपस्या गरेका थिए र महादेव प्रसन्न भई १४ वटा सुत्रहरू (अइउण्, ऋलृक्, ...) पाणिनिलाई सुनाएका थिए, जसको आधारमा पाणिनिले विश्वकै सबैभन्दा वैज्ञानिक मानिएको संस्कृत व्याकरण, अष्टाध्यायी, लेखेका थिए भन्नेविश्वास छ। त्यसैले यसलाई पाणिनि तपोभूमि पनि भनिन्छ। यसकै नामबाट सन्धिखर्कमा पाणिनि क्याम्पस पनि स्थापना भै सञ्चालनमा रहेको छ ।
व्यवसाय
[सम्पादन गर्नुहोस्]यहाँका बासिन्दाहरू धेरैजसो खेतिपातीमै निर्भर भएपनि नोकरी र ब्यापार गर्नेहरूको संख्या बढ्दो छ। यहाँ विशेष गरी मकै, गहुँ र धानको खेति भएपनि, कोदो, फापर, जौ आदिको खेति पनि गरिन्छ। प्राय सबै घरमा भैँसी पालिएको हुन्छ भने केहींले गोरु, बाख्रा तथा गाई पनि पाल्छन्।
यहाँ फलफुलमा सुन्तला, नासपाती, आरु,आप,केरा, अमिलो आदि पाइन्छ। तर सुन्तलाको(केहि ब्यापार समेत हुने भएकोले) बाहेक अरु फलफुलको चाँहि त्यति धेरै उत्पादन हुँदैन।
भाषा संस्कृति
[सम्पादन गर्नुहोस्]यहाँका सबैजसो नेपाली भाषा नै बोल्छन तर यहाँको भाषा अरुतिरको भन्दा अलि फरक छ, जस्तै: "जान्छु" लाई "जान्चु", "गएको थिएँ" लाई "गओथेँ"कति सार्है ल।इ "कै जाद्रो" आदि
शिक्षा
[सम्पादन गर्नुहोस्]पुरानो नाम हरिहर पाठशाला रहेको यस शैक्षिक संस्थाको हालको नाम श्री हरीहर संस्कृत तथा साधारण उच्च माध्यमिक विद्यालयरहेको छ । यस पाठशालाको स्थापना गर्न त्यस क्षेत्रा जमिन्दार श्रीहरिहर गौतम को ठुलो योगदान रहेको छ । नेपालको राणा शासन कालमा पनि नेपालको पश्चिमक्षेत्रमा शिक्षाको किरण फैलाउन उनको ठुलो योगदान रहेको छ । उनकै अनुरोधमा महापण्डित श्री दधिराम मरासिनीले यस क्षेत्रमा रही पठन पाठन तथा शिक्षा विकासका क्षेत्रमा ठूलो योगदान पुरयउनु भएको थियो पछि श्री नारायण गौतम श्री भानुभक्त गौतम, हुमनाथ गौतम तथा त्यस क्षेत्रकै प्रकाण्ड विद्धान श्री दुर्गा प्रसाद गौतमले यस विद्यालयलाई हालको अवस्था सम्म ल्याउना निकै ठुलो योगदान गरे हाल यस विद्यालयमा दश जोड दुई सम्म शिक्ष शास्त्र र व्यवस्थापन विषयमा अध्ययन अध्यापनको कार्य हुन्छ । नेपालको राजनीतिका महान हस्तीहरु श्री मोदनाथ प्रश्रित, ढुण्डिराज शास्त्री लगायत विभिन्न विद्धानहरु यस संस्थाका उपज हुन । हाल यहा श्री हरीहर संस्कृत तथा साधारण उच्च माध्यमिक विद्यालयका अतिरिक्त हरिहर बहुमुखी क्याम्पस , हरिहर संस्कृत विद्यापीठ उच्च शिक्षाका संस्था पनि रहेका छन .
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति