पणेना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पणेना
—  गाउँ विकास समिति  —
देश  नेपाल
अञ्चल लुम्बिनी
जिल्ला अर्घाखाँची
जनसङ्ख्या (1991)
 - जम्मा २,५९८
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

पणेना, अर्घाखाँची जिल्लाको पूर्वी भेगमा पर्ने एक गाउँ हो। पणेना गाउँको सिरानमा एउटा ठूलो चौर र दह छ, जहाँ पाणिनि ॠषिले तपस्या गरेका थिए र महादेव प्रसन्न भई १४ वटा सुत्रहरू (अइउण्, ऋलृक्, ...) पाणिनिलाई सुनाएका थिए, जसको आधारमा पाणिनिले विश्वकै सबैभन्दा वैज्ञानिक मानिएको संस्कृत व्याकरण, अष्टाध्यायी, लेखेका थिए भन्ने बिश्वास छ। त्यसैले यसलाई पाणिनि तपोभूमि पनि भनिन्छ। यसकै नामबाट सन्धिखर्कमा पाणिनि क्याम्पस पनि स्थापना भै सञ्चालनमा रहेको छा

उपल्लाखर्क, बासारुख, माझगाँऊ, चौर, ठान, निगाली, आमडाँडा, सिम्ले, कोप्चा, देऊराली, हरिआँप, टारी, पुस्वा, बतासे, दह आदिलाई जोडेर पणेना गाविस बनाईएको छ। यसको पूर्वमा पाल्पाको छहरा, उत्तरमा पाल्पाकै भुवनपोखरी, पश्चिमको केही भाग खिदीम, अधिकतम पश्चिम र दक्षिणमा पोखराथोक छ भने दक्षिणको केही भाग पाल्पाको जुठापौवासित जोडिएको छ। गाउँको फेँदबाट वाग्ले खोलो बगेको छ, जुन प्रसिद्ध रिडी खोलाको एक उद्गम खोला हो।

यहाँका बासिन्दाहरू धेरैजसो खेतिपातीमै निर्भर भएपनि नोकरी र ब्यापार गर्नेहरूको संख्या बढ्दो छ। यहाँ विशेष गरि मकै, गहुँ र धानको खेति भएपनि, कोदो, फापर, जौ आदिको खेति पनि गरिन्छ। प्राय सबै घरमा भैँसी पालिएको हुन्छ भने केहींले गोरु, बाख्रा तथा गाई पनि पाल्छन्।

यहाँ फलफुलमा सुन्तला, नासपाती, आरु,आप,केरा, अमिलो आदि पाइन्छ। तर सुन्तलाको(केहि ब्यापार समेत हुने भएकोले) बाहेक अरु फलफुलको चाँहि त्यति धेरै उत्पादन हुँदैन।

भाषा संस्कृति[सम्पादन गर्ने]

पणेनाको पूर्वि भेगमा केही ढकाल र पाण्डे तथा भुसाल बाहेक मुख्यतया पोखरेलहरूको बाहुल्यता छ भने पश्चिममा गौतम, भट्टराई तथा पौडेलहरू पनि छन्। आमडाँडामा मगर जातिहरूको बस्ती धेरै छ भने केही विश्वकर्मा र परियारहरू पनि छन्। यहाँका सबैजसो नेपाली भाषा नै बोल्छन तर यहाँको भाषा अरुतिरको भन्दा अलि फरक छ, जस्तै: "जान्छु" लाई "जान्चु", "गएको थिएँ" लाई "गओथेँ"कति सार्है ल।इ "कै जाद्रो" आदि

पणेनामा गोरखनाथको मन्दिर/कुटी(उपल्लाखर्क), शिव मन्दिर(चौर), कृष्ण मन्दिर(ठान), हनुमान मन्दिर(दह),बरजुको मन्दिर(दह), सिद्धाश्रम(दह, तुलेडाँडा) आदि मन्दिरहरू छन्। नया कुरा पणेना २ओटा डोजरले बातो खन्दै छन

शिक्षा[सम्पादन गर्ने]

पणेनामा एउटा माध्यमिक विद्यालय (श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, चौर), एउटा निम्न माध्यमिक विद्यालय(सरस्वती नि. मा. वि., आमडाँडा) र ३ वटा प्राथमिक विद्यालयहरू(पाणिनि प्रा. वि.,निगाली; गोरक्षनाथ प्रा. वि.,उपल्लखर्क; गोपाल सिद्ध प्रा. वि.,बासारुख) छन्।

पणेनामा एउटा उप स्वास्थ्य छ जशम पणेना ९मा बस्ने थनेशोर पोख्रेलले अहिले सम्म उपचार गराउनु भएको छैन

हुलाक पणेना देउरालिमा एउटा अतिरिक्त हुलाक समेत् रहेको छ यो हुलाकमा पणेनाका जनताले चिठि पत्र गर्न छाडिसकेका छन अब यो हुलक बाटामुनिका नन्दरामको निजि जस्तै भयकोछ है

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]