ठकुल्ला
ठकुल्ला पश्चिम नेपालमा बसोवास गर्ने क्षेत्री जातिय थर हो । ठकुल्लाहरूका पूर्वज चन्द ठकुरी हुन् । जसरी चन्दहरूको वंशबाट बटाला र सोडारी थरहरू उत्पन्न हुन पुगे त्यसरी नै चन्दहरूको वंशबाट ठकुल्ला थर उत्पन्न भएको हो । ठकुल्ला गौतम गोत्रिय क्षेत्री थर हो ।[१]
ठकुल्लाहरूको उद्गम
[सम्पादन गर्नुहोस्]बैतडी जिल्लाको स्वराडका गोपी चन्द, हिरा चन्द, तिलक चन्द नामका तिन भाइ मध्य तिलक चन्दका सन्तान अछाम जिल्लाको कालागाउँमा आई बसे भने जेठा गोपी चन्द ब्रह्मचारी थिए । उनलाई बिनायक गाउँका लला दुल्लुका राजाका सिपाहीहरूले मारे । केदार चन्दका सन्तान कालागाउँका सोडारी हुन् भने हिरा चन्दका सन्तान दर्ना पुजगाउँका चन्द ठकुरीहरू हुन् । तिलक चन्दका सन्तानहरू एक पट्टी धारासैन गएका र अर्को पट्टी कालागाउँका दाइजेपानीको मियानीकोटमा र जुपुठानामा छन् । धारासैनबाट बेलपाटा तिमिल्सैन गई बसेका छन् । [१]
चन्दबाट ठकुल्ला बन्नाको कारण
[सम्पादन गर्नुहोस्]तिलक चन्दले जुम्ली ठकुरीकी छोरी घरदेलीकी मैयाँसँग विवाह गरेका थिए । घढेलीबाट जन्मेको हुनाले तिलक चन्दका सन्तानलाई बाहुन र खड्काहरूले ठाकुर भन्न थाले । पछि गएर ठाकुरबाट अपभ्रंस भई ठकुल्ला बन्न पुगे । यसरी तिलक चन्दका सन्तानहरू एक पट्टी ठकुल्ला र एक पट्टी सोडारी भए । [१]
ठकुल्लाहरूको बसोवास क्षेत्र
[सम्पादन गर्नुहोस्]अछाम जिल्लाको बर्दादेबी गाविसमा पर्ने बेलपाटा, चमारधारा, खोलाघर, जोगीढुङ्गा, मेलधारा र ठकुल्लीबाडा गरी करिब १५० घरधुरी ठकुल्लाहरूको बस्ति रहेको छ । यसका साथै कैलाली जिल्लाको टिकापुर, राजिपुर, सती, सुर्जीपुर, धनगढी, हसुलिया लगायत विभिन्न ठाउँमा ठकुल्लाहरूको बसोवास रहेको छ । [१]