कालागाउँ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कालागाउ
—  गाउँ विकास समिति  —
Kalagaun VDC, Seti .jpg



कालागाउ Nepal-এ অবস্থিত
कालागाउ
कालागाउ
निर्देशाङ्क: २९°०८′उत्तर ८१°२०′पूर्व / २९.१४° उत्तर ८१.३३° पूर्व / 29.14; 81.33निर्देशाङ्क: २९°०८′उत्तर ८१°२०′पूर्व / २९.१४° उत्तर ८१.३३° पूर्व / 29.14; 81.33
देश  नेपाल
अञ्चल सेती अञ्चल
जिल्ला अछाम
जनसङ्ख्या (१९९१)
 - जम्मा २,७१२
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

कालागाउँ (English:  Kalagaun, Seti) गाविस सुदुरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चल अन्तर्गत अछाम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । सदरमुकाम मंगलसेन बाट झण्डै छ कि.मी. टाढा पर्ने यो गाविस शिक्षाको केन्द्रविन्दु मानिन्छ ।अछामको प्रशाशनिक विभाजन अनुसार यो गाविस क्षेत्र न. २ र इलाका न. ९ मा पर्दछ जसमा इलाका न. ९ को कार्यालय यही गाविसमा अवस्थित छ।अछामको केन्द्रमा पर्ने यो गाविस मध्यपहाडी राजमार्गबाट नजिक पर्दछ । अछामको सबै भन्दा अग्लो चुचुरो डुङ्ग्रा रहेको यो गाविस भौगोलिक दृश्टिकोणले विविधतामय छ ।रामारोशन क्षेत्रबाट खसेर आउने कैलाश खोला नदी यसको फेदी भएर बग्दछ ।

कैलाश खोला, कालागाऊ

धार्मिक सम्पदा[सम्पादन गर्ने]

कोकिला देवी मन्दिर, कालागाऊ
कालागाऊ देवल

थुप्रै धार्मिक रुपले सम्पन्न सम्पदा रहेको यस ठाउँमा हिन्दू धर्मावलम्बीहरूको बाहुल्यता छ । यहाँका धार्मिक सम्पदाहरूमा कैलास मन्दिर, देवल, मस्टोमाडु, बण्डालिमाडु, पौवा, आरी, बण्ड, रोल आदि प्रमुख हुन् । वनजङ्गलको बीचमा रहेको एकान्त बण्डमा सानो पोखरी सरह बण्ड छ, जुन हाल पुरिने अवस्थामा छ । यहाँ असोजे र चैते दुवै दसैँमा यहाँ कोकिला देवीको धुमधाम साथ पूजा गरी बोका बलि दिने चलन छ । प्राय: जसो यहाँ धार्मिक दिनहरू धुमधामका साथ मनाइन्छ । विशेषगरी यहाँ दसैतिर पौआ, आरी जस्ता ठाउँमा भव्यमेला लाग्ने गरेओ छ जुन मेलामा प्राय: जसो रागा, बोका, हाँस, माछा र पेठा गरी पञ्चबलि दिने चलन छ ।प्रत्येक वर्ष दशैमा कोज्रागत पुर्णिमाको दिन पौवामा कालिका देवीको पुजाआजा गरी राँगाबोका दिने चलन छ।सोहि दिन यहाँ ठुलो मेला लाग्दछ।पौवाको जात्राको ५ दिन पहिला कोकिला देविको मन्दिरमा पञ्चबली दिइन्छ भने पौवाको जात्राको ५ दिन पछि आरीमा ठूलो मेला लाग्दछ।यहाँ पनि राँगाबोका सहित पञ्चबलि दिने चलन छ।प्रायः यहाँका जात्राहरुमा स्थानीय रीतिरिवाज अनुसार देउडाखेल लगाई एकआपसमा भलाकुसारी गर्ने चलन छ।

शैक्षिक संस्था[सम्पादन गर्ने]

अन्नपूर्ण उ.मा.वि.को बिदाई

यहाँका शैक्षिक संस्थाहरुमा श्री अन्नपूर्ण उ.मा.विद्यालय र कैलास बहुमुखी क्याम्पस प्रमुख हुन । जसमध्ये श्री अन्नपूर्ण उच्च माध्यमिक विद्यालय श्रोतकेन्द्र हो ।जसको स्थापना वि.स.२००८ सालमा भएको हो भने कैलाश बहुमुखी क्याम्पसको स्थापना वि.स.२०६६ सालमा भएको हो । अन्य चारवटा प्राथमिक विद्यालय छन। कालागाउँ श्रोत केन्द्र भनेर चिनिने यस विद्यालय अन्तर्गत प्रा.वि, नि.मा.वि र उ.मा.वि. गरी पैतीसवटा विद्यालय पर्दछन ।बेलाबेलामा उत्कृष्ट नतीजा ल्याउदै आएको यो विद्यालय अछाम को उत्कृष्ट विद्यालयमा पर्दछ।विभिन्न श्रोतकेन्द्र एवं जिल्ला स्तरीय शैक्षिक एवं खेलकूद प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दैआइरहेको यो विद्यालय नेपाल सरकारको अनुदान प्राप्त पूर्ण सरकारी एवं सामुदायिक विद्यालय हो।

स्वास्थ्य[सम्पादन गर्ने]

यो गाविसको वडा न. ५ को भुलवाडा भन्ने ठाउमा कालागाउ स्वास्थ्य चौकी भनेर नामाकरण गरिएको एउटा स्वास्थ्य चौकी रहेको छ।जसले स्थानीयस्तरमा थुप्रै स्वास्थ्य सेवा प्रदान गर्दछ।स्थानीयस्तरमा खोप सेवा,मातृशिशु सेवा तथा बेलाबेला नेपाल सरकारद्वारा हुने स्वास्थ्य सेवा कार्यक्रमहरु पनी यो स्वास्थय चौकीबाट सञ्चालन हुने गरेका छन।स्थानीयस्तरमा महिला स्वयसेविका तथा बालक्लबको सहयोगबाट पनी यो स्वास्थ्य चौकीले स्वास्थ्यसेवा प्रदान गरिरहेको छ।

प्राकृतिक सम्पदा[सम्पादन गर्ने]

शिव मन्दिर

वनजङ्गल प्राय कालीज र मृगका लागि प्रख्यात छ । यहाँ वैशाख-जेठ तिर काफल, त्रीखुला र एसेलु धेरेनै पाइन्छन र वर्षायाम तिर नौघाटे खोला च्याउ र निहुरोका लागी साह्रै प्रख्यात ठाउँ हो ।वनजँगलमा प्रायः उत्तिस,खरेज,बाज,फलाट,जिगने,काफल,लालीगुराँस,त्रिफला,ओखर आदिका रुखबिरुवा पाइन्छन भने वन्यजन्तुहरुमा भालू,मृग,चरिबाघ,स्याल,मलसापो जस्ता जँगली जनावरहरुका साथै थुप्रै चराचुरुङगी पाइन्छन।वर्षायाममा आउने पानीले पालेवनम थुप्रै खोल्साहरु बनाएको भेटिन्छन।यहाँको वनजङ्गल स्थानीयको सक्रियतामा संरक्षणगरी सामुदायिक वन घोषणा गरिएको छ।जसको नाम कोकिलादेवि सामुदायिक वन हो।थुप्रै आकर्षणका वस्तु रहेका यो वनमा बण्ड छ।यहाँको पानीको धार्मिक महत्त्व रहेको पाइन्छ।हाल पुरीनेपुरीने अवस्थामा रहेको यहाँ एउटा बण्ड छ। जसको धेरैनै ठुलो महत्त्व छ।यो क्षेत्रमा पानी नपरेमा यहाँ पूजा गर्ने चलन छ,र यहाँको बण्डको पनि पूजा गरी सफा गर्ने गरिन्छ।बण्डभन्दा केहि माथी खाद डाडा छ।जहाँ प्रत्यक बर्ष भदौको अन्तिम दिन मेला लाग्दछ।त्यसैले यो जात्रा भदौ गैकि असोज आउन्या जात्रा भनेर स्थानीय क्षेत्रमा चिनिन्छ।यो खादडाडा भन्दा माथि लेक लाग्दछ।जहाँ अछामको सबै भन्दा ठुलो डाडाँ डूंगरा र सँगै केहिपर बाघफालको डाडा छ।बाघफालको डाडामा वारी र पारी गरी दुईटा ढुंगा छन। र बीचमा खाली छ।यो डाडा नाघ्ने मान्छे धर्मि र ननाघि सक्यो र खसेर मर्यो भने त्यो मान्छे पापी हुन्छ भन्ने धार्मिक अन्धविश्वास छ।यो लेकमा ओखर धेरैनै पाइन्छन भने वैशाख-जेठ तिर यहां काफल,त्रिफला यहाँ धेरैनै पाइन्छन।यो लेक भन्दा तल नौघाटे खोला छ।जून नौवटा खोला मिलेर बनेको छ।जून निहुरो र पागरको लागी प्रख्यात छ।

जातजाती[सम्पादन गर्ने]

क्षेत्रीहरूको बाहुल्यता रहेको यो गाविसमा बाहुन, क्षेत्रीहरुको बाक्लो बस्ती छ ।बाहुनहरुको बसोबास प्राय वडा न. १ र २ तिर रहेको पाइन्छ भने अरु ३,४,५,६,७,८ र ९ वडाहरुतिर क्षेत्रीहरुको बसोबास रहेको पाइन्छ। यहाँका प्रमुख बासिन्दा हरुमा सोडारी(चन्द), भण्डारी, रेग्मी, गिरी , बोहरा कुँवर, विस्ट र दलितको बसोबास रहेको पाइन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]