पराजुली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पराजुली दैलेख जिल्लाको "पराजुल" भन्ने ठाउँबाट उद्गम भएर नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो


स्कन्दपुराण भन्दछ म कहाँबाट आए ? को हु ? कुन कुल सँग मेरो के सम्बन्ध् छ भनी जान्न पर्दछ । नत्र कुल धर्म नष्ट हुने हुन्छ । त्यसैले बिद्वान मानिसले आफ्नो धर्म को लोप नहोस् भन्दै पूर्वजहरूको कुल धर्मलाई जान्नु पर्दछ । ईतिहास बिर्सनेहरूको भबिष्यमा मौलिक परिचय कहीँ पनि भेटिनेछैन । हाम्रो बर्तमान को चिनारी पुर्खा र वँसज सँग गस्सिएको हुन्छ । म सार्थक पराजुली , पराजुली बन्धुहरूको ईतिहासलाई खोतल्दै देशका कुन काप्चा भिर पखेरा पुगेँ । बिगत देखी बर्तमान सम्म पराजुली बन्धुहरूको ईतिहास मैले गर्बिलो देखे । यो राष्ट्र अनी समाजलाई परीष्क्रित बनाउन सदैब हाम्रा पुर्खले दिएको योगदान रहिरहनेछ ।देशका विभिन्न स्थानमा रहेका पराजुलि बन्धुहरूको रितिरिवाज, रहनसहन, संस्क्रिति तथा परम्पराको अबलोकन गर्दैजादा धेरै जसो ठाउमा पराजुली मित्रहरूले ऐतिहासिक धरोहरहरूलाई सम्रक्षण तथा सम्वर्धन गरेको पाइयो भने केही क्षेत्रमा आफ्नो चिनारी दिने धरोहर लाई बेवास्त गरेको पाइयो ।

कास्की जिल्ला को कास्कीकोट गाबिस २ मा बस्ने पुर्खाले नेपाल को एकिकरणा मा विभिन्न खाले बैचारिक सहयोग पुर्‍याएको ईतिहास का बिभिन पुस्तकहरूमा सङ्रहित छन । सिंह बम्श का युबराज जयदेव खान का मुख्य गुरु सुशरण पराजुली ले सम्वत १११३ बैशाख १४ सुदी ४ मा जयदेव खान लाई राज्याभिषेक गराई कास्कीलाई स्वतन्त्र राज्य घोषणा गरेको पाइयो । गुरु सुकाराम पराजुली , कुलाराम पराजुली र शिवराम पराजुलीले कास्कीका राजाको मुख्य गुरु भई काम गर्नुभएको थियो । त्यस्तै श्री जैनारायण पराजुली राजा नयन खान को पालमा मन्त्री भएको प्रमाण ईतिहासमा पाईन्छ ।

शाह बम्शका प्रथम राजा कुलमण्डल शाहका गुरु देवानन्द पराजुली थिए । ऐतिहासिक किम्बदन्तिमा गुरु देवानन्द पराजुलीसँग शुभ र सन्ध्यामा आँफै बज्ने अनौठो दाहिने शन्ख थियो । राजा कुलमण्डल शाहलाई उक्त शन्ख आफ्नो बनाउन निक्कै प्रयास गर्नु परेको थियो । उहाले गुरु नभएको मौका पारी बज्यैसँग गुरु ले लिन पठाउनु भएको भनी झुक्याएर शन्ख दरबारमा पुराउनु भएको थियो । त्यसपछि गुरुले शन्ख माग्न जाँदा शन्ख राजाले दिन नमानेका कारणले उनले राजासँग बिद्राेह गरेका थिए । शन्खको पिरका करणले केही समय पछि उनकाे मृत्‍यु भएको थियो । गुरुको शन्खकै करणले मृत्‍यु भएकाले हालसम्म पनि चैन्पुरवासी र पोखरेलीहरुले शवयात्रामा शन्ख बजाउदैनन । गुरु देवानन्द पराजुली का एक भाइ छोराको चट्याङमा परेर देहबसान भएको थियो । पुत्र बियोगमा भएको यस्तो अवस्थामा राजा ले शन्ख समेत लएको हुँदा उहाले घर बार त्यगी पोखरा चुकुती गाउ हाल्को सिद्धार्थ चोक आई बसेका थिए भने अन्य भाइछोराहरु मुलुकका अन्य स्थानमा बसाइ सरेका थिए । मित्रले अचानक घरवार त्यगेर बसाइ सरेकाले शिवशरण तिवारी ले आफ्नो मित्र को श्रद्धामा मित्र पूजा गर्ने चलन बसालेको पाईन्छ । श्री सिवशरण तिवारीका सन्तान टिकाराम तिवारी लगयत अन्य तिवारी बान्धुहरुले वर्षको तीन पटकसम्म अझै पनि पूजा गर्ने गर्नुभएको छ । गुरु सुशरण पराजुली ले निर्माण गरेको घर जसलाई उनका सन्तती देबानन्द पराजुलीले छोडेर हिंडे ,जहाँ मित्र पूजा हुने गर्दछ । अहिले त्याे भग्नावशेष परिवर्तन भएको छ । पराजुली पुर्खा को ईतिहास बोकेका घरका छपनिहरु यत्रतत्र मिल्किएका छन् । राजगुरुले नुहाउने इनार सम्रक्षण को अभावमा पुरिने अवस्थामा छ । उक्त पुर्खा को निशानि आहिले सम्रक्षण को पर्खाइ मा रहेका छन् । यत्राो वृहत् ईतिहास बोकेका धरोहरहरूको कन्तबिजोग देख्दा ज्यादै दुख्ख लागेर आउँछ । आफ्नो परिचय यसरी नाश हुँदै गर्दा केही नगरि हेरेर मात्रै बस्ने हामी सबै पराजुली बन्धु हरूलाई अहिलेसम्म पनि मित्र पूजा लाई अटुट निरन्तर रूपमा दिने तिवारी मित्रहरूको मनमा कस्तो प्रश्न उथ्यो होला ? ईतिहास लाई किताब मा मात्रा लिपिबध्द गरियो भने त्यो किम्बदन्ती तथा काल्पनिक दन्तेकथा जस्तो हुन्छ । यस्ता ऐतिहासिक सम्पदा लाई जोगायौ भने अब आउने पिढीले हामी को हौं कहाँबाट आएक हौं भनी प्रस्ट हुनेछन र हामी माथि गौरब गर्नेछन् । हाम्रो ईतिहास को रक्षा गर्ने जिम्मा हामी सबै पराजुली को हो । आउनुहोस् हामी सबै पराजुली बन्धुहरू मिलेर कास्कीकोट मा रहेको पुर्खा को निशानी लाई जिर्णोदार गरौ ।। यि माथिका तथ्येहरु पराजुली बँश को खोजी कार्यमा हिँड्दा प्राप्त भएका हुन् ।।