कश्मीर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कश्मीर क्षेत्र
पहलगाम उपत्यका

कश्मीर (कश्मीरी भाषा: कोशूर) भारतीय उपमहाद्वीपको उत्तरमा क्षेत्र हो । कश्मीर भन्नाले प्राचिन समयमा कश्मीर उपत्यका बुझिन्थ्यो । आजको समयमा यसको अर्थ जम्मू र कश्मीर राज्य (खण्ड: जम्मू, कश्मीर र लद्दाख),पाकिस्तानको आजाद कश्मीर र गिल्गिट-बाल्टिस्तान र चीनको अक्साई चीन बुझाउँछ । कश्मीरका बासिन्दालाई कश्मीरी भनिन्छ । कश्मीरी आफूलाई कोशुर भन्छन् । कश्मीरी पण्डित कश्मीर क्षेत्रका प्राचिन बासिन्दा हुन् जो जबरजस्ती इस्लामीकरण हुनाले भारतका विभिन्न भूभागमा बसाइँ सराइँ गरी शरणार्थीका रूपमा बस्दै आएका थिए ।

स्रोतहरू[सम्पादन गर्नुहोस्]