सामग्रीमा जानुहोस्

धामी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

धामी नेपालका सुदुर पश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा तथा भारतको हिमाञ्चल, उत्तराखण्ड बसोबास गर्दै आईरहेको खस आर्य अन्तरगत ब्राम्हण/क्षेत्री समुदायको थरलाई बुझाउछ । शाव्दिक अर्थमा धाम भन्नाले देवी देवताहरू रहेको प्रसिद्ध ठाउँ; तीर्थ; पुण्यस्थान भन्ने बुझिन्छ । धाम हिन्दूहरूको लागि अत्यन्त पवित्र स्थल हुन् । तिनै देवस्थानहरूमा परापूर्वकालदेखि देवी देवताहरूको पूजा आरधाना गर्दै आएका व्यक्तिलाई समुदायका मानिसहरूले देवी देवताकै साक्षात अवतारका रूपमा हेर्ने र सम्मान गर्ने गर्दथे । किंवदन्ती अनुसार प्राचिनकालमा गाउँघरमा, अस्पताल, डाक्टर, औषधि समेत उपलब्ध नहुने साथै भुतप्रेत भगाउन, न्याय निसाफ, दण्ड जरिवाना लगायत जन्मदेखि मृत्यु सम्मका शुभ-अशुभ कार्यहरूका साथै अन्य सामाजिक न्यायका सम्पूर्ण कार्यहरूमा समेत सत्यनिष्ठाको साक्षीका रूपमा धामीलाइ नै हेराउने र देवी देवता चढेको धामीको आखर राजा देखि रैतिसम्म सबैको लागि सर्वमान्य हुन्थ्यो । मानव समाज विकासको क्रममा पूजा, प्राथना गर्नेकार्य पछि आएर कालान्तरमा धामीकै नाम र पेशाको रूपमा चिनिएकोले समुदायको थरपनि धामी नै रहन गएको बुझिन्छ । धामी थर गोत्रका हिसाबले कौशिल्य, कश्यप, अत्री गोत्र लगायत अन्य गोत्रका पनि पाईन्छन ।

यो पनि हेर्नु सहोस्

[सम्पादन]


स्रोत

[सम्पादन]