खस भाषा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
शाके (शक सम्बत) १६१२ डोटी रैका राजा मन्धता शाहीद्वारा प्राचिन खस भाषामा लिखित जारी ताम्रपत्र

खस भाषा वा खस कुरा नेपालको कर्णाली क्षेत्रमा रहेको प्राचिन खस राज्य को आधिकारिक भाषा हो । देवनागरी लिपीमा लेखिएको उक्त भाषाको आजको समयमा विभिन्न शिलालेख, अभिलेख र कागजपत्रहरूमा पाइन्छ । सो भाषाबाट नै आजको नेपालको आधिकारिक भाषा नेपाली भाषा र त्यसका ११ वटा स्थानिय बोलीको जन्म भएको हो । नेपाल सरकारले सन् २०११ को जनगणनामा सोही ११ स्थानिय नेपाली बोलीलाई नयाँ भाषाको मान्यता दिएको छ ।[१] उक्त भाषाहरू जनसङ्ख्याका आधारमा क्रमशः डोटेली, बैतडेली, अछामी, दैलेखी, बझाङ्गी, बाजुरेली, दार्चुलेली, डोल्पाली, जुम्ली, डडेल्धुरी र गढवाली भाषा पर्दछन् ।[१][२] उक्त भाषाहरू हेर्दा मध्यपश्चिम र सूदूरपश्चिममा हरेक जिल्लामा एक भिन्न बोली छ भने पूर्व, मध्य र पश्चिममा झन्डै एउटै जसो नेपाली भाषा प्रयोग गरिन्छ । यससँगै १००० भन्दा बढी व्यक्तिहरूले सोही जनगणनामा आफ्नो मातृभाषा खस नै भएको भनेका छन् ।[१] त्यसैले आधुनिक नेपालीलाई नै खस भाषा भन्ने वा खस अर्कै हो भन्ने विवाद सृजना हुन्छ । कहिले काहिं नेपाली भाषाको एउटा छुट्टै पाल्पाली बोली छ भनी दाबी पनि गरिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

स्रोतहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ "Nepal Census 2011" 
  2. "National Population and Housing Census 2011 (National Report)", United Nations Statistics Division, United Nations Statistics Division। 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]