खस भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खस भाषा नेपालका प्रचिन भाषा मध्ये एक हो । प्राकृत,पाली,संस्कृत अादी भाषा नेपालमा प्रयोग हुँने बिभिन्न प्राचीन भाषाका उदाहरण हुँन । नेपाली जाती माझ साझा भाषाको रूपमा बिकसित नेपाली मा नेपालमा बोलिने अन्य भाषाहरू जस्तै मगर,गुरुङ,नेवारी,मैथिली,राइ,लिम्बु अादीका तुलनामा खस भाषाका शब्द धेरै छन । यस अर्थमा अाधुनिक नेपाली भाषा यसैको बिकसित रुप मान्न सकिन्छ । । तर २२से २४से राज्य ताका सबै राज्यका अाँफ्नै शब्द र बोली भएतापिन एकीकरणसँगै अन्य उल्लेखीत भाषा जस्तै ति सबै एकै ठाउँमा मीसीन गए । यस अवस्थामा कुन पाल्पाली,भीरकोटे,मकवापुरे,गल्कोटे अादी शब्द हुँन छुट्टाउँन सकिदैन, त्यसैले त्यस्ता सबै अली बढी समानता भएकोले खस भाषका शब्दकै रुपमा रहन गए । त्यसरी छुट्टाएर हेर्ने हो भने अाधुनिक नेपाली भाषामा धेरै पाल्पाली शब्द वा मकवानपुरे शब्द जस्तै अन्य थुप्रै फरक पृष्ठभुमिका शब्द पनि भेटिन्छ जुन सबै खस भाषाकै शब्द होइनन । तर त्यतीबेलाका सबै बोलीका संग्रह वा कोश नभएकाले साेलो डोलोमा सबैलाइ खस शब्द मानियो । यसैको पुष्टि गर्छ नेपाली भाषा बोल्न जान्नेले खस भाषा बुझ्न र बोल्न नसक्नुले पनि । त्यस्तै नेपाली नसीकेका खस भाषीलाइ पनि नेपाली बुझ्र र बोल्न उस्तै हुँन्छ । नेपालीको वीस्तारसँगै खस भाषा विस्थापीत हुँदै गएकोछ । अहिले यो भाषा अाधुनिकताको प्रभाव नपरेका कुना काप्चाका गाउँहरू विशेषगरी कर्णाली प्रदेश सुदुर पश्चिम का भित्रि क्षेत्रहरूमा मात्र पाउँन सकिन्छ । यद्यपि त्यसको सुद्धता दिनप्रतिदिनको अन्य भाषा प्रभावले घट्दो छ ।