भण्डारी
थर भण्डारी | |
---|---|
उच्चारण | ढाँचा:ˈbha-n-daa-riˈनेपालीː |
भाषा | नेपाली |
उत्पत्ति | |
उत्पत्ति भएको क्षेत्र | दक्षिण एशिया |
भाषाको उत्पत्ति | नेपाली, संस्कृत |
मूल | ब्राह्मण |
अन्य नाम | |
भिन्नता | भण्डारी |
अर्थ | ब्राह्मण |
यो पनि हेर्नुहोस् | पौडेल, भट्टराई, अधिकारी, निरौला, |
वंशज | |
कश्यप ऋषि |
नेपालमा कश्यप गोत्रका भण्डारीहरू पर्वत, बागलुङ र तनहुँ जिल्ला लगाएतका जिल्लामा पाईन्छन।
वशिष्ठ गोत्रीय भण्डारीहरू
[सम्पादन गर्नुहोस्]सीजापति भण्डारी(क्षेत्री) जुम्लाको सीजा र दैलेखमा धेरै बसोवास भइरहेको र हाल पछिल्लो पुस्ता सुर्खेत, बाँके र बर्दिया लगायत का जिल्लामा बसोवास गरिरहेका छन। धर्म हिन्दु,कुल देवता देवीमष्टा हो।
वशिष्ठ गोत्रीय भण्डारीहरू
[सम्पादन गर्नुहोस्]प्रदेश नम्बर ३ अन्तर्गत नुवाकोट जिल्लाको थानसिङ थातथलो भएका वशिष्ठ गोत्रीय भण्डारीहरू ब्राह्मण हुन् । हाल धादिङ, काठमाडौँ, रामेछाप, चितवनलगातका जिल्लामा समेत पुगेर बसोबास गर्ने वशिष्ठ गोत्रीय भण्डारीहरूलाई गोत्रावलीमा थानसिङे भण्डारी भनेर उल्लेख गरिएको छ ।
गौतम गोत्रीय भण्डारीहरू
[सम्पादन गर्नुहोस्]महाकाली अञ्चलको बैतडी जिल्लामा बसवास गर्ने क्षेत्रिय भण्डारीहरू गौतम गोत्रीय भण्डारीहरू हुन् । विभिन्न ऐतिहासिक प्रमाणहरूका अनुसार सबै भन्दा पहिले गौतम गोत्रिय भण्डारीहरू भारतको दुवा नगरबाट गौतम गोत्री बिष्ट, भट्टहरूसँग नेपाल प्रवेस गरेर बैतडी जिल्लाको पाटनमा आई बसेका थिए । त्यस पछि उनीहरू बैतडी जिल्लाको रोडीदेवल गाविसमा वसोवास गरेको देखिन्छ । उनीहरू त्यस समयमा दुवानगरका गौतम गोत्री राज परिवारको खटन पटनमा वर्तमान नेपालको बैतडी जिल्लामा आएको बताइन्छ । बैतडी जिल्लाको रोडीदेवलबाट मुस्या भण्डारी बैतडीको दशरथ चन्द नगरपालिकामा आई बसेका थिए । उनका सन्ततीहरू अहिले बैतडीकै विभिन्न स्थानहरूमा वसोवास गरिरहेको देखिन्छ । अहिले गौतम गोत्री भण्डारीहरू शिलगढी, पाटन, मेलाउ, रोडी, रन्तोली, बड्तोली तथा काठमाडौँ, कञ्चनपुर र कैलाली जिल्लाका विभिन्न स्थानहरूमा वसोवास गरिरहेका छन् ।[१]
भण्डारीका अन्य गोत्रहरू
[सम्पादन गर्नुहोस्]उल्लेखनीय भण्डारीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ गौतम गोत्र एकता समाज नेपाल द्वारा प्रकाशित पुस्तक गौतम गोत्र वंश परिचय लेखक राजेश कुमार बटाला