भट्टराई
| जम्मा जनसङ्ख्या | |
|---|---|
| ३,२२,१७५[१] | |
| उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
| भाषाहरू | |
| नेपाली भाषा | |
| धर्महरू | |
| हिन्दु धर्म र मष्टो धर्म | |
| सम्बन्धित जातीय समूह | |
| अधिकारी, पौडेल, खत्री, पोखरेल |
भट्टराई नेपालमा बसोबास गर्ने बाहुन तथा खत्री बाहुनको एक थर हो। यो थर वशिष्ठ गोत्रको हुन्छ।भट्टराई खसजातिको थर हो । सिँजामा विक्रमको सातौँ आठौँ शताब्दीमा ऋषि भट्टबाट यो वंशले पहिचान बनाएको पाइन्छ । यिनका छैटौँ सन्तति गर्भू भट्टलाई तत्कालीन चल्ल राजाले न्यायको फाँट हेर्ने राजकीय काम जिम्मा दिएपछि भट्टराई भनिन थालिएको हो ।
नेपाली समुदायमा प्रचलित थरहरू स्थानविशेष, मान (पद) विशेष, कर्मविशेष र शिक्षाविशेष आदिले रहेको पाइन्छ। भट्टराईका पूर्वजहरूले अयोध्याका प्रतापी राजा मर्यादापुरुषोत्तम भगवान श्रीरामचन्द्रका राजगुरु ब्रह्मर्षि वसिष्ठका पालादेखि नेपालका राजाहरूका पालासम्मको श्रृङ्खलाबद्ध इतिहासको कालखण्डको विभिन्न युग, काल र समयमा राजा वा राजप्रासादबाट यथेष्ठ मान-सम्मान, विभूषण-पदवी-उपाधि तथा आदर-प्रतिष्ठा प्राप्त गर्दै आएको कुराको इतिहास साक्षी छ। यसै प्रसङ्गमा समष्टीकृत गरेर भन्नुपर्दा "भट्टराई" थरको व्युत्पत्ति मूलत: तीन प्रकारबाट भएको प्रतीत हुन्छ:- भट्टराजबाट भट्टराई, "राई" उपाधिबाट भट्टराई र भट्टबाडामा बसेकाले भट्टराई। यसलाई यसरी स्पष्ट्याऊः-
१. भट्टराजबाट भट्टराई: भट्टराई थरको सर्वमान्य पहिलो व्युत्पत्तिः परापूर्वकालमा "भट्ट" शब्दले विद्वानलाई जनाउँथ्यो। सबै ब्राह्मणहरू आफ्नो नामका पछाडि विद्वत्ताबोधक शब्द "भट्ट" लेख्ने गर्थे । भट्टबाहेकअरु थर थिएनन्। भट्टहरूमा पनि भट्टराईका पूर्वजहरू सर्वश्रेष्ठ विद्वान् भएकाले उनीहरूलाई "भट्टानाम् राजा" भट्ट-विद्वानहरूका राजा अर्थात् भट्टहरूमा सर्वश्रेष्ठ विद्वान् "भट्टराज" भनिन थाल्यो। ब्रह्मज्ञानी महर्षि वसिष्ठको कुलका पैदा भएका ऋषि भट्टका वंशधरहरू कालान्तरमा "भट्टानाम् राजा" भन्ने व्युत्पत्तिबाट व्युत्पन्न शब्द "भट्टराज" को प्रयोग गर्न थाले। यही "भट्टराज" भन्ने शब्द प्राकृतभाषामा "भट्टराय" बन्यो। भट्टराईवंशमा उत्पन्न संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति एवं मूर्धन्य विद्वान्/लेखक प्रा. चूडानाथले आफ्नो थर भट्टराई नलेखेर "भट्टराय" नै लेख्ने गरेको पाइन्छ। भाषाशास्त्रीय सिद्धान्त अनुसार प्राकृतभाषाबाट आधुनिक भाषामा आइपुग्दा "भट्टराय" शब्दको "य" अक्षर "ई" मा परिणत भई "भट्टराई" शब्दको निर्माण हुन गयो ।
२. "राई" उपाधिबाट भट्टराईः भट्टराई शब्दको अर्को व्युत्पत्ति:- भट्टराईथरको निर्माणमा "भट्ट" र "राई" दुई शब्दको योग छ। यी दुई शब्द-संयोजनको मूल आधार ऐतिहासिक, शैक्षिक र राजनैतिक रहेको देखिन्छ। "भट्ट" भन्नाले वेदविद् ब्राह्मणलाई र "राई" भन्नाले "राई" उपाधिप्राप्त व्यक्तिलाई जनाउने हो।
भट्टराईका पुर्खा प्रकाण्ड विद्वान् गर्भु भट्टले सिञ्जाली नरेश अभय मल्लबाट र अर्का पुर्खा विद्वान् रामदास भट्टले जुम्लाको स्वर्णग्राम (सुनार गाउँ) राजधानी हुने कल्यालनरेश बलिराज रावलबाट सम्मानसूचक पद "राई" उपाधि प्राप्त गरेका थिए । त्यसैबेलादेखि हाम्रा पूर्वजहरूको विद्वत्ताबोधक थर "भट्ट" र राजसम्मानबाट प्राप्त उपाधि "राई" मिलेर एउटा थर बन्यो- भट्टराई। हाम्रा पूर्वजले "राई" पदवी प्राप्त गरेपछि हाम्रो थर भयो- भट्टराई। "राजा" र "राई" पर्यायवाची शब्द हुन्। "तुलसीकृत रामायण" मा रघु राजा, दशरथ राजा र राम राजालाई "रघु राई, दशरथ राई र राम राई" भनी राजावाचक शब्दको अर्थमा "राई" शब्दको प्रयोग भएजस्तै नेपालको जुम्ला- सिञ्जाका तत्कालीन राजाहरूले जारी गरेका ताम्रपत्र, कनकपत्र र लालमोहर आदिमा "राइकाभाष्" (खसराजा आदित्य मल्लको वि. सं. १३७८ को ताम्रपत्र), "राइको आदेस" (अपाडराज पुण्यमल्ल राईको वि. सं. १३९३ को ताम्रपत्र, अपाडराज पृथ्वी मल्ल राईको वि. सं. १४१३ को कनकपत्र, वि. सं. १४१५ को ताम्रपत्र, सिञ्जाली राजा अभयमल्ल राईको वि. सं. १४३३ को ताम्रपत्र र त्यसै ताम्रपत्रमा "राइका पसा" भन्ने भाषा पनि देखिन्छ। यी राजाहरूले "राजाको भाषा, राजाको आदेश र राजाको प्रसाद "लेख्ता" राजा "शब्दको सट्टा "राई" शब्द प्रयोग गरेको देखिन्छ। यसबाट नेपालको प्राचीन इतिहासमा पनि राजाको अर्थमा "राई" शब्द बहुप्रचलित रहेको पुष्टी हुन्छ। भट्टबाडामा बसेकाले भट्टराई: भट्टराईको तेस्रो व्युत्पत्ति स्थानसँग सम्बद्ध छ। थर-गोत्र-प्रवरविशेषज्ञ शिखरनाथ सुवेदी र धर्म- संस्कृति र इतिहासका महान् अध्येता/अन्वेषक योगी नरहरिनाथका अनुसार भट्टराईका पूर्वजहरू कर्णाली प्रदेशको सिञ्जा वा दैलेखको "भट्टबाडा" भन्ने गाउँमा बस्तथे। भट्टबाडाको अपभ्रंश भट्टबारा-भट्टारा हुँदै भट्टराई थर बन्न गएको हो। भट्टराईका पुर्खाहरूको वासस्थल, भट्टराई शब्दको निर्क्यौल र भट्टराईका पूर्वजहरूले राजा-माहाराजाहरूबाट प्राप्त गरेका मान-सम्मान आदिका सम्बन्धमा "भट्टराई वंश दर्पण- २०४९" मा पनि प्रकाश पारिएको छ।
भट्टराई कुलवंश प्रतिष्ठान नेपालको भट्टराई परिवारको एकता, सामाजिक संस्कार, कुल पूजा र वंशावली जस्ता महत्वपूर्ण कार्यहरू अगाडि बढाउने संस्था हो। यसको उद्देश्य सबै भट्टराई परिवारलाई एउटै सूत्रमा बाँधेर कुल र संस्कृतिको संरक्षण गर्नु, कुल मन्दिर र कुलपूजाको व्यवस्थापन गर्नु, साथै परम्परागत संस्कारहरूलाई जगेर्ना गर्नु हो। यो संस्था निश्वार्थ रूपमा भट्टराई परिवारको सामाजिक, सांस्कृतिक र धार्मिक हितमा काम गर्छ। प्रतिष्ठानले देशभरिका भट्टराई परिवारलाई समेटेर विभिन्न जिल्लामा समिति गठन गरी काम गरिरहेको छ। यसले युवा पुस्तालाई पनि कुल र संस्कृतिमा जागरूक बनाउन भूमिका निर्वाह गर्दैछ। भट्टराई कुलवंश प्रतिष्ठानका महाधिवेशनहरू नियमित रूपमा हुँदै आएका छन् जसमा परम्परागत संस्कार, परिवार एकता, नेतृत्व चयन लगायतका विषयमा छलफल गरिन्छ। समय अनुसार संस्था प्रविधि मैत्री बनेर डिजिटल वंशावली प्रकाशन, सामाजिक सञ्जालमार्फत सञ्चार, र समाहित गर्न विविध प्रयासहरू गर्दै आएको छ। यसको कार्यालय झापा, दमकमा छ र देशका विभिन्न भागमा केन्द्रीय तथा स्थानिय समितिहरू सक्रिय छन्। यसरी भट्टराई कुलवंश प्रतिष्ठानले भट्टराई परिवारको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, तथा सामाजिक पक्षलाई संरक्षण र प्रवर्द्धन गर्ने महान कार्य गर्दै आएको छ छोरी बुहारीसहितको नाम समेटेर व्यवस्थित वंशावली प्रकाशन गरेका कारण वंश नम्बरकै आधारमा साइनो लगाउन सजिलो भएको पाइन्छ ।
भट्टराईका निम्न विर्तावाला सन्तान छन् : सिन्धुले भट्टराई, सालुखे भट्टराई, गाम्नाङ्गे भट्टराई, चिसुङ्खे भट्टराई [स्रोत नखुलेको]
प्रमुख भट्टराई वंशावलीका स्रोतहरू मुख्य रूपमा निम्न स्थानहरूमा छन्:
पुराना अभिलेख र शिलालेखहरू: जुम्ला सिजा क्षेत्र र कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा पाइने ताम्रपत्र, भोजपत्र र शिलालेखहरूमा १३०० वर्षभन्दा पुरानो भट्टराई वंश सम्बंधित तथ्यहरू भेटिन्छन्।
विभिन्न जिल्लाहरूको स्थानीय वंशावली र कुलसंघ संगठनहरू: कर्णाली, झापा, मोरङ, सुनसरी, तेह्रथुमलगायत स्थानहरूमा विभिन्न जिल्ला समितिहरूले वंशावली संरक्षणसम्बन्धी काम गरिरहेका छन्।
ऐतिहासिक अनुसन्धानकर्ता र लेखकहरूका पुस्तकहरू: डोटी राज्यको इतिहाससम्बन्धी भोजराज भट्टराई लगायतका व्यक्तिहरूले दशकौं लामो अनुसन्धानपछि भट्टराई परिवार र इतिहाससम्बन्धी पुस्तकहरू प्रकाशन गरेका छन्।
विभिन्न जिल्ला र प्रदेश स्तरका भट्टराई कुलवंश महाधिवेशनहरू र सम्मेलनहरूमा वंशावलीका विषयहरू उठ्ने र बहस हुने गरेका छन्।
यसका अतिरिक्त, वंशावलीलाई नेपाल सरकारको अभिलेख विभाग र भूमि व्यवस्थापन सम्बन्धी कार्यालयहरूको दस्तावेज अभिलेखमा संरक्षण गर्ने प्रयास पनि भइरहेको छ। यसले वंशावलीलाई भविष्यमा कानुनी र सामाजिक रूपमा सुरक्षित गर्ने काम गरिरहेको छ नेपालको इतिहासकालदेखि मानसम्मान पाउँदा आएका भट्टराई नेपालको एक बहुसङ्ख्यक थरीमा पर्छन् । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेपालकै सन्त राजनेता हुन्हुन्थियो । माओवादी नेता बाबुराम भट्टराई पनि प्रधानमन्त्री थिए । भट्टराईको बंशावलीपनि एउटा संग्रहणिय पुस्तक हो ।
गाम्नाङ्गे भट्टराई
[सम्पादन गर्नुहोस्]यिनीहरूको उत्पति ओखलढुङ्गा जिल्लाको गाम्नाङ्गटार भन्ने गाउँबाट भएको मानिन्छ । यिनीहरू १२ मष्टो मध्येको मण्डली मष्टो देवतालाई पुजेर देवाली पर्व (कुलपुजा) मनाउँछन्। देवालीमा "वशिष्ठ गोत्रको १८ भाइ मध्येको जेठो भैया हुँँ" भन्ने मूलधामीले दावा गर्छ।
नेपाली काङ्ग्रेसका पूर्वमन्त्री बलबहादुर केसी (भट्टराई क्षेत्री) गाम्नाङ्गे भट्टराई हुन् ।
सिन्धुले भट्टराई
[सम्पादन गर्नुहोस्]सालुखे भट्टराई
[सम्पादन गर्नुहोस्]चिसुङ्खे भट्टराई
[सम्पादन गर्नुहोस्]आदिम कालमा चल्ल राजा को पालामा एक जना भट्ट लाई कानुन बिभाग को रास्टृय योजना कार सल्लाहकार (राय कार )को रूपमा राखिएको थियो। तिनै भट्टलाई राय जोडि भट्टराय साब भन्न थालियो बिस्तारै भट्टराय अपभ्रम्स भइ भट्टराई हुन । गयो तत्पश्चात तिनै बाबै का पाँच सन्तान थिये ती मध्दधे काइला सन्तान जो ओखलढुंगा को चिसाङ्खु भन्ने ठाउ बसे पहिला पहिला आफ्नो ठाउँ लाई बिर्ता भन्ने गरिन्थियो तसर्थ तिनै काइला छोराका सन्तान हुन जो चिसाङ्खु बिर्ता वाला का सन्तान हुन।
भट्टराई वंशावलीको डिजिटल प्रतिलिपि हेर्नका लागि भट्टराई वंश दर्पणलाई डिजिटल प्रविधिसँग जोड्ने काम भईरहेको छ। यसले गर्दा भट्टराई वंशावलीका अभिलेख, पुराना कागजातहरू र अन्य वंश सम्बन्धी जानकारीहरू डिजिटल रूपमा सुरक्षित र सजिलै पहुँचयोग्य हुनेछन्।
यो पहल मुख्य रूपमा भट्टराई कुलवंश प्रतिष्ठान र सम्बन्धित समुदायहरू द्वारा सञ्चालित छ, जसले पुराना कागजातहरूलाई डिजिटल फारममा रूपान्तरण गरी अनलाइन वा डिजिटल माध्यमबाट हेर्न मिल्ने बनाउने काम गरिरहेको छ। यस सम्बन्धी जानकारी र अपडेटहरू सामाजिक सञ्जाल, सम्बन्धित वेबसाइटहरू, र कुलवंश प्रतिष्ठानका कार्यक्रममा उपलब्ध हुने गरेका छन्।
यसैले भट्टराई वंशावलीको डिजिटल प्रतिलिपि हेर्न चाहनेहरूले भट्टराई कुलवंश प्रतिष्ठानका वेबसाइट वा डिजिटल संग्रहालयहरू, साथै मुख्य सामाजिक सञ्जाल पृष्ठहरूमा खोजी गरेर प्रत्यक्ष पहुँच गर्न सक्ने हुन्छन्। यस्तै डिजिटल दस्तावेजहरू नेपाल सरकारका अभिलेख विभाग वा अन्य डिजिटल इतिहास संग्रहालयहरूमा समाहित हुने सम्भावना पनि छ.
- अन्य जानकारी कालागी भट्टराई कुलको वंशावली अध्ययन गर्न सक्नुहुन्छ।जय कुल देवता ।।
नेपालमा भट्टराई थरसँग उल्लेखनीय मान्छेहरु
[सम्पादन गर्नुहोस्]- कृष्ण प्रसाद भट्टराई, पूर्व प्रधानमन्त्री तथा राजनेता (नेपाली काङ्ग्रेस).[२]
- बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री तथा राजनेता (माओवादी).[३]
- विजयनाथ भट्टराई, नेपाल राष्ट्र बैङ्कका तेर्हौं गभर्नर
- बलबहादुर केसी, (भट्टराई क्षेत्री) सोलुखुम्बुका सभासद, भू.पू. मन्त्री
- मणिप्रसाद भट्टराई, पूर्व राजदूत
- शरद्चन्द्र शर्मा भट्टराई, २०५१ सालको मदन पुरस्कार विजेता साहित्यकार
- नविन के भट्टराई ,चर्चित गायक
- कृष्ण धारावासी, (कृष्ण भट्टराई) "झोला" र "राधा"का लेखक, २०६३ मदन पुरस्कार विजेता
- सुबिन भट्टराई; "साया", "समरलभ" र "मनसुन"का लेखक *
- रवि भट्टराई :(https://www.facebook.com/RabiBhattaraii) लेखक तथा पत्रकार (https://ktmkhabar.com/2024/07/03/51418/ वेब्याक मेसिन अभिलेखिकरण २०२५-०९-०२ मिति)
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "भट्टराई प्रोफाइल", अन्तिम पहुँच २०१७-०३-१३।
- ↑ "Krishna Prasad Bhattarai", Encyclopædia Britannica, अन्तिम पहुँच २०१२-०५-१३।
- ↑ Navin Singh Khadka (२००५-०५-०६), "Nepal's Maoist leadership divisions", South Asia, BBC News, अन्तिम पहुँच २०१२-०५-१२।