सामग्रीमा जानुहोस्

बलबहादुर केसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Bal Bahadur KC
बलबहादुर केसी
Minister for Culture, Tourism and Civil Aviation of Nepal[]
कार्यकाल
July 25, 2001[] – ----
एकाधिपतिGyanendra of Nepal
प्रधानमन्त्रीSher Bahadur Deuba
Ministry of Housing and Physical Planning
कार्यकाल
June 30, 1999[] – ---
एकाधिपतिBirendra of Nepal
प्रधानमन्त्रीKrishna Prasad Bhattarai
व्यक्तिगत विवरण
जन्मJuly 17, 1953 A.D.
Salyan, Solukhumbu
राजनीतिक दलNepali Congress

बलबहादुर केसी ( नेपाली: बलबहादुर केसी नेपालका पूर्व मन्त्री हुन । उनी हाल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य छन् । [] [] उनी अहिले नेपाली राजनीतिमा सक्रिय छन् । नेपाली कांग्रेसका साथै नेपाली राजनीतिमा उनको ठूलो प्रभाव छ । []


बहुदलीय व्यवस्था पछिको पहिलो आम चुनावमा सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका केसीले त्यसपछिका मध्यावधी चुनाव २०५१ र २०५६ सालमा समेत सोलुखुम्बुबाट लगातार जित हासिल गरे । २०६४ सालमा भएको पहिलो संविधानसभाको चुनावमा पराजित र २०७० सालको दोस्रो संविधानसभामा विजयी भएका केसी २०७४ र २०७९ भने पराजित भए । २०२७ सालमा नेविसंघ, महेन्द्ररत्न क्याम्पसको सभापति पद सम्हालेका केसी २०४० देखि ४४ सालसम्म नेविसंघको केन्द्रीय अध्यक्ष भए ।

उनीले सन् १९५३ जुलाई १७ मा सोलुखुम्बु जिल्लाको सल्यान गाविसमा बुबा लालबहादुर केसी र आमा महेश्वरी केसीको कोखबाट जन्म लिएका हुन । उनले पद्मकन्या बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनकी पूर्व अध्यक्ष, नेपाल विद्यार्थी युनियनका पूर्व केन्द्रीय समिति सदस्य र नेपाल महिला संघका पूर्व केन्द्रीय समिति सदस्य रीना उप्रेती केसीसँग विवाह गरेका छन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गरेका छन् ।

राजनीतिक जीवन

[सम्पादन गर्नुहोस्]

विद्यार्थी नेता तथा प्रजातन्त्रकर्मी

[सम्पादन गर्नुहोस्]

बलबहादुर केसी सन् १९७० देखि १९७२ सम्म महेन्द्र रत्न क्याम्पस ताहाचलको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा निर्वाचित भएका थिए । बलबहादुर केसीलाई २०३५ सालमा बीपी कोइराला (पार्टी सभापती )ले कार्यबाहक सभापतीमा नियुक्त गर्नुभएको थियो, विद्यार्थी तर्फबाट उनले २०३६ सालको जनआन्दोलनको नेतृत्व समेत गरेका थिए । [] उनी सन् १९८३ (२०४०) देखि १९८७(२०४४ ) सम्म नेपाल विद्यार्थी संघका अध्यक्ष थिए [] २०५३ सालमा युवा खेलकुद तथा संस्कृतिमन्त्री बनेका केसी २०५६ सालमा आवास तथा भौतिक योजना मन्त्री र २०५८ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नुभयो ।

२०४९ सालदेखि हालसम्म पनि नेपाली कांग्रेसका केन्द्रीय सदस्यमा रहेका केसीले २०४२ सालमा सत्याग्रह आन्दोलनको केन्द्रीय परिचालन समिति सदस्य भएर काम गरेका थिए । २०६२÷०६३ को जनआन्दोलनमा नेपाली कांग्रेसको तर्फबाट काठमाण्डौको चावहिल क्षेत्रको इन्चार्जको भूमिका निर्वाह गरेका केसी पटक पटक गरी ७ वर्ष जेल बसेका छन ।


  • उनले नेपाली कांग्रेसको सत्याग्रह आन्दोलनको केन्द्रीय परिचालन समिति सदस्यको रुपमा काम गरेका थिए ।
  • उनले सन् १९८९ को जनआन्दोलन २०४६ जनआन्दोलनको केन्द्रीय परिचालन समिति सदस्यको रुपमा काम गरे ।

[]

संसदको बाटो (२०४८ साल)

[सम्पादन गर्नुहोस्]

उनी २०४८ सालमा सोलुखुम्बु जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

  • उनी २०४९ सालदेखि हालसम्म नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन् । [१०]

संसदको बाटो (२०५१ वि.सं.)

[सम्पादन गर्नुहोस्]

उनी २०५१ साल (१९९४) मा सोलुखुम्बु जिल्लाबाट पुनः संसद सदस्यमा निर्वाचित भएका थिए ।

  • उनी नेपालको पहिलो खेलकुद मन्त्री बने । उनी नेपालका युवा, खेलकुद तथा संस्कृतिमन्त्रीमा नियुक्त भएका थिए ।

[११]

  • उनी २०५६ सालमा सामान्य प्रशासन तथा श्रममन्त्री बनेका थिए । (१९९९ ई.)
  • उनी आवास तथा भौतिक योजना मन्त्री पनि भए सन् २०५६ मा। (१९९९ ईस्वी) [१२]

संसदको बाटो (२०५६ वि.सं.)

[सम्पादन गर्नुहोस्]

२०५६ सालमा उनी पुनः संसद सदस्यमा निर्वाचित भए । (१९९९ ई.)

  • पछि २०५८ सालमा उहाँ नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका थिए । (२००१) [१३]


जनआन्दोलन 2062/2063BS (2006 AD)

[सम्पादन गर्नुहोस्]

उनले २०६२/२०६३ जनआन्दोलनमा प्रमुख भूमिका निर्वाह गरेका थिए । चाबहिल काठमाडौंको क्षेत्र सम्हाल्न कमाण्डरको भूमिका थियो । [१४]

संसदको बाटो (२०७० वि.सं.)

[सम्पादन गर्नुहोस्]

उनी सोलुखुम्बु जिल्लाबाट नेपालको व्यवस्थापिका संसदमा निर्वाचित भएका थिए । नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्ने उनी एक सांसद हुन् । (२०१५ ई.) नेपालको २०७२ को संविधान निर्माणमा उनको प्रमुख भूमिका रहेको छ [१५]

देश को लागी उल्लेखनीय कार्य

[सम्पादन गर्नुहोस्]
  • उनले पशुपतिनाथ मन्दिरको पुनर्निर्माणमा योगदान दिएका थिए । (विश्व सम्पदा स्थल)
  • मायादेवी मन्दिर लुम्बिनी गुरुयोजना कार्यान्वयन गरे ।
  • उनले भारतको बनारसमा धर्मशाला निर्माण गरे ।

पासाङ ल्हामु शेर्पालाई राष्ट्रिय नायक घोषणा गर्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए । उनले फाप्लु र लुक्ला विमानस्थलको स्तरोन्नति गरी पर्यटन उड्डयन र सांस्कृतिक क्षेत्रमा उल्लेखनीय काम गरेका छन् ।

  • उनले सगरमाथा (विश्वको सर्वोच्च हिमाल) मा प्रदूषण नियन्त्रण केन्द्र पनि स्थापना गरेका थिए ।

उनले सोलुखुम्बु जिल्ला र देशको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् । उनी सोलुखुम्बुका अभिभावकका रुपमा परिचित छन् ।

  1. "Members of the Council of Ministers(June 25,2001)", Nepal Home Page, २००२-०६-१९, अन्तिम पहुँच २०१७-०४-०४  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०४-०५ मिति
  2. "Bal Bahadur KC", Election.ujyaaloonline.com, २००१-०७-२५, मूलबाट २०१७-०४-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०४-०४  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०४-०४ मिति
  3. "Members of the Council of Ministers(June 30, 1999)", Nepal Home Page, १९९९-०६-३०, अन्तिम पहुँच २०१७-०४-०४  वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-०९ मिति
  4. "Nepali Congress Official website | Political party of Nepal", NepaliCongress.org, १९९९-०३-०१, अन्तिम पहुँच २०१७-०४-०४ 
  5. Republica (२०१७-०३-२६), "NC forms Central Work Execution Committee", My Republica, अन्तिम पहुँच २०१७-०४-०५ 
  6. {{cite web|url=https://shilapatra.com/detail/99128
  7. {{cite web|url=https://nepalpatranews.com/posts/247
  8. {{cite web|url=https://ujyaaloonline.com/national-election-2079/election/pratinidhi-contestant/2332
  9. https://www.onlinekhabar.com/2022/11/1218570  |title= रितो (सहायता)
  10. {{Cite web|url=https://ujyaaloonline.com/national-election-2079/election/pratinidhi-contestant/2332
  11. {{Cite web|url=https://ujyaaloonline.com/national-election-2079/election/pratinidhi-contestant/2332
  12. {{Cite web|url=https://www.onlinekhabar.com/2022/11/1218570
  13. {{Cite web|url=https://www.onlinekhabar.com/2022/11/1218570
  14. {{Cite web|url=https://www.onlinekhabar.com/2022/11/1218570
  15. {{Cite web|url=https://www.setopati.com/new-news/50040