बलबहादुर केसी
Bal Bahadur KC | |
---|---|
बलबहादुर केसी | |
Minister for Culture, Tourism and Civil Aviation of Nepal[२] | |
कार्यकाल July 25, 2001[१] – ---- | |
एकाधिपति | Gyanendra of Nepal |
प्रधानमन्त्री | Sher Bahadur Deuba |
Ministry of Housing and Physical Planning | |
कार्यकाल June 30, 1999[३] – --- | |
एकाधिपति | Birendra of Nepal |
प्रधानमन्त्री | Krishna Prasad Bhattarai |
व्यक्तिगत विवरण | |
जन्म | July 17, 1953 A.D. Salyan, Solukhumbu |
राजनीतिक दल | Nepali Congress |
बलबहादुर केसी ( नेपाली: बलबहादुर केसी नेपालका पूर्व मन्त्री हुन । उनी हाल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य छन् । [४] [५] उनी अहिले नेपाली राजनीतिमा सक्रिय छन् । नेपाली कांग्रेसका साथै नेपाली राजनीतिमा उनको ठूलो प्रभाव छ । [६]
बहुदलीय व्यवस्था पछिको पहिलो आम चुनावमा सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका केसीले त्यसपछिका मध्यावधी चुनाव २०५१ र २०५६ सालमा समेत सोलुखुम्बुबाट लगातार जित हासिल गरे । २०६४ सालमा भएको पहिलो संविधानसभाको चुनावमा पराजित र २०७० सालको दोस्रो संविधानसभामा विजयी भएका केसी २०७४ र २०७९ भने पराजित भए । २०२७ सालमा नेविसंघ, महेन्द्ररत्न क्याम्पसको सभापति पद सम्हालेका केसी २०४० देखि ४४ सालसम्म नेविसंघको केन्द्रीय अध्यक्ष भए ।
परिवार
[सम्पादन गर्नुहोस्]उनीले सन् १९५३ जुलाई १७ मा सोलुखुम्बु जिल्लाको सल्यान गाविसमा बुबा लालबहादुर केसी र आमा महेश्वरी केसीको कोखबाट जन्म लिएका हुन । उनले पद्मकन्या बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनकी पूर्व अध्यक्ष, नेपाल विद्यार्थी युनियनका पूर्व केन्द्रीय समिति सदस्य र नेपाल महिला संघका पूर्व केन्द्रीय समिति सदस्य रीना उप्रेती केसीसँग विवाह गरेका छन् ।
शिक्षा
[सम्पादन गर्नुहोस्]उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गरेका छन् ।
राजनीतिक जीवन
[सम्पादन गर्नुहोस्]विद्यार्थी नेता तथा प्रजातन्त्रकर्मी
[सम्पादन गर्नुहोस्]बलबहादुर केसी सन् १९७० देखि १९७२ सम्म महेन्द्र रत्न क्याम्पस ताहाचलको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा निर्वाचित भएका थिए । बलबहादुर केसीलाई २०३५ सालमा बीपी कोइराला (पार्टी सभापती )ले कार्यबाहक सभापतीमा नियुक्त गर्नुभएको थियो, विद्यार्थी तर्फबाट उनले २०३६ सालको जनआन्दोलनको नेतृत्व समेत गरेका थिए । [७] उनी सन् १९८३ (२०४०) देखि १९८७(२०४४ ) सम्म नेपाल विद्यार्थी संघका अध्यक्ष थिए [८] २०५३ सालमा युवा खेलकुद तथा संस्कृतिमन्त्री बनेका केसी २०५६ सालमा आवास तथा भौतिक योजना मन्त्री र २०५८ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नुभयो ।
२०४९ सालदेखि हालसम्म पनि नेपाली कांग्रेसका केन्द्रीय सदस्यमा रहेका केसीले २०४२ सालमा सत्याग्रह आन्दोलनको केन्द्रीय परिचालन समिति सदस्य भएर काम गरेका थिए । २०६२÷०६३ को जनआन्दोलनमा नेपाली कांग्रेसको तर्फबाट काठमाण्डौको चावहिल क्षेत्रको इन्चार्जको भूमिका निर्वाह गरेका केसी पटक पटक गरी ७ वर्ष जेल बसेका छन ।
- उनले नेपाली कांग्रेसको सत्याग्रह आन्दोलनको केन्द्रीय परिचालन समिति सदस्यको रुपमा काम गरेका थिए ।
- उनले सन् १९८९ को जनआन्दोलन २०४६ जनआन्दोलनको केन्द्रीय परिचालन समिति सदस्यको रुपमा काम गरे ।
संसदको बाटो (२०४८ साल)
[सम्पादन गर्नुहोस्]उनी २०४८ सालमा सोलुखुम्बु जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
- उनी २०४९ सालदेखि हालसम्म नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन् । [१०]
संसदको बाटो (२०५१ वि.सं.)
[सम्पादन गर्नुहोस्]उनी २०५१ साल (१९९४) मा सोलुखुम्बु जिल्लाबाट पुनः संसद सदस्यमा निर्वाचित भएका थिए ।
- उनी नेपालको पहिलो खेलकुद मन्त्री बने । उनी नेपालका युवा, खेलकुद तथा संस्कृतिमन्त्रीमा नियुक्त भएका थिए ।
- उनी २०५६ सालमा सामान्य प्रशासन तथा श्रममन्त्री बनेका थिए । (१९९९ ई.)
- उनी आवास तथा भौतिक योजना मन्त्री पनि भए सन् २०५६ मा। (१९९९ ईस्वी) [१२]
संसदको बाटो (२०५६ वि.सं.)
[सम्पादन गर्नुहोस्]२०५६ सालमा उनी पुनः संसद सदस्यमा निर्वाचित भए । (१९९९ ई.)
- पछि २०५८ सालमा उहाँ नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका थिए । (२००१) [१३]
जनआन्दोलन 2062/2063BS (2006 AD)
[सम्पादन गर्नुहोस्]उनले २०६२/२०६३ जनआन्दोलनमा प्रमुख भूमिका निर्वाह गरेका थिए । चाबहिल काठमाडौंको क्षेत्र सम्हाल्न कमाण्डरको भूमिका थियो । [१४]
संसदको बाटो (२०७० वि.सं.)
[सम्पादन गर्नुहोस्]उनी सोलुखुम्बु जिल्लाबाट नेपालको व्यवस्थापिका संसदमा निर्वाचित भएका थिए । नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्ने उनी एक सांसद हुन् । (२०१५ ई.) नेपालको २०७२ को संविधान निर्माणमा उनको प्रमुख भूमिका रहेको छ [१५]
देश को लागी उल्लेखनीय कार्य
[सम्पादन गर्नुहोस्]- उनले पशुपतिनाथ मन्दिरको पुनर्निर्माणमा योगदान दिएका थिए । (विश्व सम्पदा स्थल)
- मायादेवी मन्दिर लुम्बिनी गुरुयोजना कार्यान्वयन गरे ।
- उनले भारतको बनारसमा धर्मशाला निर्माण गरे ।
पासाङ ल्हामु शेर्पालाई राष्ट्रिय नायक घोषणा गर्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए । उनले फाप्लु र लुक्ला विमानस्थलको स्तरोन्नति गरी पर्यटन उड्डयन र सांस्कृतिक क्षेत्रमा उल्लेखनीय काम गरेका छन् ।
- उनले सगरमाथा (विश्वको सर्वोच्च हिमाल) मा प्रदूषण नियन्त्रण केन्द्र पनि स्थापना गरेका थिए ।
उनले सोलुखुम्बु जिल्ला र देशको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् । उनी सोलुखुम्बुका अभिभावकका रुपमा परिचित छन् ।
- ↑ "Members of the Council of Ministers(June 25,2001)", Nepal Home Page, २००२-०६-१९, अन्तिम पहुँच २०१७-०४-०४। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०४-०५ मिति
- ↑ "Bal Bahadur KC", Election.ujyaaloonline.com, २००१-०७-२५, मूलबाट २०१७-०४-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०४-०४। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०४-०४ मिति
- ↑ "Members of the Council of Ministers(June 30, 1999)", Nepal Home Page, १९९९-०६-३०, अन्तिम पहुँच २०१७-०४-०४। वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-०९ मिति
- ↑ "Nepali Congress Official website | Political party of Nepal", NepaliCongress.org, १९९९-०३-०१, अन्तिम पहुँच २०१७-०४-०४। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-०८ मिति
- ↑ Republica (२०१७-०३-२६), "NC forms Central Work Execution Committee", My Republica, अन्तिम पहुँच २०१७-०४-०५।
- ↑ {{cite web|url=https://shilapatra.com/detail/99128
- ↑ {{cite web|url=https://nepalpatranews.com/posts/247
- ↑ {{cite web|url=https://ujyaaloonline.com/national-election-2079/election/pratinidhi-contestant/2332
- ↑ https://www.onlinekhabar.com/2022/11/1218570।
|title=
रितो (सहायता) - ↑ {{Cite web|url=https://ujyaaloonline.com/national-election-2079/election/pratinidhi-contestant/2332
- ↑ {{Cite web|url=https://ujyaaloonline.com/national-election-2079/election/pratinidhi-contestant/2332
- ↑ {{Cite web|url=https://www.onlinekhabar.com/2022/11/1218570
- ↑ {{Cite web|url=https://www.onlinekhabar.com/2022/11/1218570
- ↑ {{Cite web|url=https://www.onlinekhabar.com/2022/11/1218570
- ↑ {{Cite web|url=https://www.setopati.com/new-news/50040