खत्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खत्री अथवा के.सी. नेपाल तथा भारतका विभिन्न ठाउँमा बसोबास गर्ने एक प्रकारको थर हो । अब कतिपय खत्रीहरू आफ्नो नामको अगाडि खत्री क्षेत्रीको छोटो रुप के.सी. थर लेख्ने अथवा भन्ने गर्दछन् भने कतिपयले क्षेत्री मात्र लेख्दछन् ।

नेपालको खस शब्यतामा खस ब्राहमणले आफुभन्दा तलका जात का स्त्री बिवाह गरी घरबार गर्दा , निज बाट जन्मेका बंश कुल लाई सामाजिक बर्णास्म अनुसार ब्राहमण बाट तल क्षेत्री जात रहन गएको भन्ने बुभिन्छ । बिश्वको पहिलो खत्री क्षेत्री  भनेका भगवान परशुराम हुन्। परशुराम राजा प्रसेनजितकी पुत्री रेणुका र भृगुवंशीय जमदग्निका पुत्र थिए।

उतपत्तिको किम्बदन्ति[सम्पादन गर्नुहोस्]

खत्रीको उत्पतिका धेरै कथनहरू छन् ।

भारतको प्रचलन[सम्पादन गर्नुहोस्]

खत्रीलाई भारतमा क्षत्रिय बाबु र ब्राह्मण आमाबाट जन्मेको प्रतिलोम जातिको रूपमा लिएको थियो ।[१]

कत्युरी अप्रभंश[सम्पादन गर्नुहोस्]

कत्युरी क्षेत्रीबाट अप्रभंश भै खत्री क्षेत्री भएको दाबी गरिन्छ । कत्यूरीबाट खत्री[२]

ब्रह्मखत्री[सम्पादन गर्नुहोस्]

विश्वामित्र, प्रसिद्ध चन्द्रवंशका क्षत्रिय राजा गादीका ब्रह्मखत्री छोरा

क्षेत्रीले ब्राह्मणी बिहे गरेमा तिनीहरूका सन्तान खत्री भएको दाबी गर्छन् । भारतमा क्षत्रिय पिता र ब्राह्मण माताबाट जन्मेका मानिसहरूलाई ब्रह्मखत्री भनिन्छ । ऋषि विश्वामित्र चन्द्रवंशी क्षत्रिय राजा गादी र ब्राह्मण आमाबाट जन्मेका थिए । उनलाई ब्रह्मखत्रीभित्र गनिन्छ ।

क्षत्री अप्रभंश[सम्पादन गर्नुहोस्]

खत्री संस्कृत शब्द क्षत्रीको अप्रभंश हो । खत्री क्षेत्रीहरू पञ्जाबी खत्रीहरूभन्दा भिन्न जात समाजका हुन् ।बाहुनहरूसँग थर मिलेको आधारमा क्षेत्रीहरूलाई ब्रह्मक्षत्रियको करार दिइयो । खत्री संस्कृत शब्द क्षत्रीको अप्रभंश हो । खत्री क्षेत्रीहरू पञ्जाबी खत्रीहरूभन्दा भिन्न जात समाजका हुन् ।

खत्रीको उत्पति क्षत्रियबाट क्षेत्री भै अप्रभंश हुँदा खत्री भएको हुनसक्छ । नेपाली खसहरूको थर कर्णाली प्रान्तका गाउँहरूबाट निर्धारित भएका हुन् । कुनै एक गाउँका सम्पूर्ण जातिहरूलाई एउटै थरले सम्बोधन गरिएको हुँदा पोखरेल, घिमिरे, भट्टराई, जस्ता थरहरू बाहुन, क्षेत्री, सार्की, दमाईकामी जाति एकैसाथ भएका हुन् । त्यसकारण एउटा पोखरेल थरको व्यक्ति बाहुन, क्षेत्री वा दलित जुनैपनि हुनसक्छ ।[३]

अर्को प्रचलित ब्राह्मणवादी कथन अनुसार ब्राह्मणले ठकुरी, बस्नेत, बिष्ट, बोहरा आदि क्षत्रियकी कन्या विवाह गरेमा त्योबाट जन्मिएका सन्ततिहरू ब्राह्मणबाट खत्री भएका हुन । बाहुन जातिको उच्चता बयान गर्न मनगढन्त र काल्पनिक रचना गरिएको हो । कुनै पनि ब्राह्मणरूपी थरलाई क्षेत्री जातिहरूमा पाइएको हुँदा उनीहरूलाई छुट्याउन खत्री उपनाम दिइएको हुनसक्ने सम्भावना छ ।

खत्रिय अप्रभंश[सम्पादन गर्नुहोस्]

पाली भाषामा खेत वा जमिनको अधिनायकलाई खत्रिय भनिन्छ । खत्रियको छोटो रूप खत्री भएको हुनसक्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Sharma, Dasharatha (१९७५), Early Chauhān dynasties: a study of Chauhān political history, Chauhān political institutions, and life in the Chauhān dominions, from 800 to 1316 A.D., Motilal Banarsidass, पृ: २७९, "Khatris are mixed pratiloma caste but suggested that they could be a mixed caste born of Kshatriya fathers and Brahmin mothers." 
  2. http://anish-the-blogger.blogspot.com/2011/01/what-is-meaning-of-khatri-chhetri-that.html?m=1
  3. http://www.karma99.com/2013/05/dalit-in-nepal.html?m=1

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]