ब्रह्मक्षत्रिय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विष्णुअवतार परशुराम, एक ब्रह्मक्षत्रिय ब्राह्मण

ब्रह्मक्षत्रिय पौराणिक रूपमा शस्त्रधारी ब्राह्मणहरू वा क्षत्रिय माताबाट जन्मिएका क्रोधी स्वभावका ब्राह्मणहरूलाई बुझाउँने गर्दथ्यो । ब्रह्मक्षत्रियहरूलाई ब्राह्मण वर्णभित्र मानिएको थियो । ब्राह्मण ऋषि जमदग्नि का छोरा परशुरामलाई एक उदाहरणीय ब्रह्मक्षत्रिय मानिएको थियो ।[१] उनकी पितमही (हजुरआमा) चन्द्रवंशी क्षत्रिय राजकुमारी भएपनि परशुराम पूर्णतय ब्राह्मण वर्णभित्र नै पर्छन् । विष्णुअवतार परशुरामले आततायी (आतङ्कवादी) क्षत्रियहरूको संहार गर्दै जाँदा थुप्रै क्षत्रियहरूले हिंगलाजको शरण लिई ब्राह्मण भएका थिए । तिनका वंशजहरू ब्रह्मक्षत्रिय बनेका थिए । यी ब्रह्मक्षत्रियहरूले ब्राह्मण सरह मान पाएका थिए ।

पछिल्ला समयमा ब्रहमक्षत्रियहरू आफ्नो समाजबाहिरका कुनै ब्राह्मण वा क्षत्रियसँग वैवाहिक सम्बन्ध राख्दैनथे । भारतमा थुप्रै ब्रह्मक्षत्रिय समाजहरू छ । पञ्जाबी ब्रह्मक्षत्रिय, अहमदाबाद ब्रह्मक्षत्रिय, कछी ब्रह्मक्षत्रिय, मारवाडी ब्रह्मक्षत्रिय, आदि हुन् ।

सन्दर्भ साम्रगीहरू[सम्पादन गर्नुहोस्]