भण्डारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
थर
भण्डारी
उच्चारणढाँचा:ˈbha-n-daa-riˈनेपालीː
भाषानेपाली
उत्पत्ति
उत्पत्ति भएको क्षेत्रदक्षिण एशिया
भाषाको उत्पत्तिनेपाली, संस्कृत
मूलब्राह्मण
अन्य नाम
भिन्नताभण्डारी
अर्थब्राह्मण
यो पनि हेर्नुहोस्पौडेल, भट्टराई, अधिकारी, निरौला,
वंशज
कश्यप ऋषि

नेपालमा कश्यप गोत्रका भण्डारीहरू पर्वत, बागलुङ र तनहुँ जिल्ला लगाएतका जिल्लामा पाईन्छन।

वशिष्ठ गोत्रीय भण्डारीहरू[सम्पादन गर्नुहोस्]

सीजापति भण्डारी(क्षेत्री) जुम्लाको सीजा र दैलेखमा धेरै बसोवास भइरहेको र हाल पछिल्लो पुस्ता सुर्खेत, बाँके र बर्दिया लगायत का जिल्लामा बसोवास गरिरहेका छन। धर्म हिन्दु,कुल देवता देवीमष्टा हो।

वशिष्ठ गोत्रीय भण्डारीहरू[सम्पादन गर्नुहोस्]

प्रदेश नम्बर ३ अन्तर्गत नुवाकोट जिल्लाको थानसिङ थातथलो भएका वशिष्ठ गोत्रीय भण्डारीहरू ब्राह्मण हुन् । हाल धादिङ, काठमाडौँ, रामेछाप, चितवनलगातका जिल्लामा समेत पुगेर बसोबास गर्ने वशिष्ठ गोत्रीय भण्डारीहरूलाई गोत्रावलीमा थानसिङे भण्डारी भनेर उल्लेख गरिएको छ ।

गौतम गोत्रीय भण्डारीहरू[सम्पादन गर्नुहोस्]

महाकाली अञ्चलको बैतडी जिल्लामा बसवास गर्ने क्षेत्रिय भण्डारीहरू गौतम गोत्रीय भण्डारीहरू हुन् । विभिन्न ऐतिहासिक प्रमाणहरूका अनुसार सबै भन्दा पहिले गौतम गोत्रिय भण्डारीहरू भारतको दुवा नगरबाट गौतम गोत्री बिष्ट, भट्टहरूसँग नेपाल प्रवेस गरेर बैतडी जिल्लाको पाटनमा आई बसेका थिए । त्यस पछि उनीहरू बैतडी जिल्लाको रोडीदेवल गाविसमा वसोवास गरेको देखिन्छ । उनीहरू त्यस समयमा दुवानगरका गौतम गोत्री राज परिवारको खटन पटनमा वर्तमान नेपालको बैतडी जिल्लामा आएको बताइन्छ । बैतडी जिल्लाको रोडीदेवलबाट मुस्या भण्डारी बैतडीको दशरथ चन्द नगरपालिकामा आई बसेका थिए । उनका सन्ततीहरू अहिले बैतडीकै विभिन्न स्थानहरूमा वसोवास गरिरहेको देखिन्छ । अहिले गौतम गोत्री भण्डारीहरू शिलगढी, पाटन, मेलाउ, रोडी, रन्तोली, बड्तोली तथा काठमाडौँ, कञ्चनपुरकैलाली जिल्लाका विभिन्न स्थानहरूमा वसोवास गरिरहेका छन् ।[१]

भण्डारीका अन्य गोत्रहरू[सम्पादन गर्नुहोस्]

उल्लेखनीय भण्डारीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. गौतम गोत्र एकता समाज नेपाल द्वारा प्रकाशित पुस्तक गौतम गोत्र वंश परिचय लेखक राजेश कुमार बटाला

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]