सामग्रीमा जानुहोस्

खरेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

(खरेल) थर खरेल जात कुमाइ अनि गोत्र “वशिष्ठ” हो भने खरेलका सगोत्री अन्य थरहरूमा भट्टराई, पाण्डे, चालिसे, मुडवरी, दवाडी, थान्सिङे भण्डारी, सुयल राउत, सुयल थापा र सुयल घर्ती भएको पाइएको छ । मत्स्य पुराण मा उल्लेख भए अनुसार ऋषि मित्रा वरुण तथा उर्वशी को सन्तानको रूपमा महर्षी वशिष्ठ को जन्म नेपाल को देवघाट (हालको तनहुँ जिल्ला स्थित कालिगण्डकीत्रिशूलीको सङ्गम) मा भएको हो । यस अनुसार खरेलहरू ब्रह्मर्षि वशिष्ठका सन्तानहरू हुन् र नेपालका भुमी पुत्र आदिवासी पनि हुन् । कुमाऊँ (ग्रेटर नेपाल) का राजकीय स्नातकोत्तर महाविद्यालय पिथौरागढका इतिहासकार डा. मदनचन्द्र भट्टका अनुसार वशिष्ठ गोत्रीहरु इस्वी सम्बत को चौधौँ र पन्ध्रौँ शताब्दीमा कुमाऊँ (ग्रेटर नेपाल को भुमी) बाट त्यसबेला को काठमाडौ यानिकी 'नेपाल' भुमी आएका कारण खरेल हरुलाई जात मा कुमाईं पनि भन्ने चलन छ ।

नेपालमा खरेल हरूको मुख्य वासस्थानमा काभ्रेपलान्चोक रहेको देखिन्छ । यस जिल्लामा खरेलहरू बस्ने दुई मुख्य गाउँहरू फलाँटेखरेलथोक हुन् । पध्रौ शताब्दीको मध्यतिर इतिहास खोजकर्ता 'भागिरथ खरेल' कुमाऊँ (ग्रेटर नेपाल) बाट नेपाल 'काठमाडौ' आएको देखिन्छ, जो खोजकर्ताको ११ पुस्ता पूर्वका पुर्खा हुनुहुन्छ वहाँ को ससुराली भने काभ्रे जिल्ला को फलाटे मा हो । भागिरथ खरेल लाई तत्कालीन गोरखा का राजा श्री ५ नरभुपाल शाहले वि.सं. १७९६ मा ताम्रपत्र दिएको देखिएबाट उहाँ त्यस समयमा गोरखा दरबारमा कुनै विसिष्ठ सरकारि सेवामा रहनुभएको अनुमान हुन्छ । भागिरथ खरेल का छोराहरू कृष्णानन्द, हरिनन्द, रामानन्द तथा महेश्वरान्द लाई नाबालक अवस्थामा नै माता पिताको मृत्यु भएका कारण मावलीले काभ्रे जिल्ला को फलाँटे मा ल्याई पालनपोषण गरेको पाइन्छ । त्यसै गरी खरेलथोक बस्ने खरेल हरूको नेपालका पुर्खा (रामानन्द) रवि खरेल हुन् ।

त्यसै गरी काभ्रे जिल्ला का तिनै खरेल का वंश हरु बसाइँसराइ को क्रमा मा पुर्वी नेपाल को संखुवासभा, मोरङ्ग, झापा साथै पश्चिम् नेपाल बुटवल, गुल्मी, स्याङ्जा, तिर पुगेका छन्। यिनी हरुको पुर्खा उनै महर्षी वसिष्ठ हुन् त्यसकारण खरेल हरु ऋषिमुनी का सन्तान हरु हुन् भन्ने बुझिन्छ!

खरेल थरका केही चर्चित व्यक्तिहरू:

१. अच्युतकृष्ण खरेलः नेपाल प्रहरीका पूर्व महानिरीक्षक

२. रमेस प्रसाद खरेलः नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (हाल सुशासन पार्टीका प्रमुख)

३. माधव राज खरेलः नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक

४. प्रमोद खरेलः नेपाल प्रसिद्ध गायक

५. महेश खरेलः पाँचखाल नगरपालिका का मेयर

६. अग्नि खरेलः राजनेता

७. माधव राज खरेल : चलचित्र निर्देशक

८, वरिष्ठ कथाकार तथा गीतकार किरण खरेल

९, वरिष्ठ संचार कर्मी जगदिश खरेल (अन्तरिम नेपाल सरकार २०८२ का सूचना तथा संचार प्रविधि मन्त्री)

१०, वरिष्ठ चलचित्र निर्देशक निर्माता यादव खरेल

११, उद्दव खरेल (बुढानिलकण्ठ नगरपालिका का निवर्तमान मेयर)

१२, सुमन खरेल चर्चित पत्रकार (BBC) तथा टेलिभिजन प्रस्तोता

१३, मदन खरेल (वायुसेवा निगम का निवर्तमान अध्यक्ष)

१४, शिवराम खरेल (संयुक्त राष्ट्रसंघको Disengagement Observer Force (UNDOF) का कार्यवाहक प्रमुख र सेनापति)