ढकाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

ढकाल (ढकाल) नेपालमा सर्वत्र पाइने एक ब्राह्मण / क्षत्रिय जातिको थर हो। यिनीहरू ऋषि उपमन्युको प्रत्यक्ष सन्तती भइको विश्वास गरिन्छ , जो ऋषि वशिष्ठको सन्तति रहेका थिए। यिनीहरू पश्चिमी नेपालको गोरखा जिल्लाको ढाकु नामक स्थानमा उत्पन्न भएको मानिन्छ। याकु लामो समय देखि ढकालहरूको विर्ताको रूपमा रहेको मानिएको छ। ढकालहरू नेपालभारतको सबै पर्वतीय क्षेत्रहरूमा पाइन्छन।उपमन्यु गोत्रिय ब्राहमण हालको सेति अ‍ैचलको अछाम जिल्लाको आवासयोग्य ढाकामुली भन्ने ठाउमा बसोवास गरेका र अन्यत्र फैलिएका हुन ।


प्रख्यात ढकालहरू[सम्पादन गर्ने]

धेरै ढकालहरू प्रख्यात व्यक्तिका रूपमा चिनिएका छन् ।

  • कुलानन्द ढकाल - गोरखाका राजा पृथ्वीनारायण शाह (जसले नेपालको एकीकरण गरेका थिए)का ज्योतिषी र तान्त्रिक थिए ।
  • एकनाथ ढकाल - नेपाल परिवार दलको अध्यक्ष तथा सहकारी र गरीबी निवारण मन्त्री ।[१]
  • रामकृष्ण ढकाल - नेपालका आधुनिक गायक
  • चन्द्रप्रसाद ढकाल - युवा उद्यमी, ग्लोबल आई. एम. ई. बैंकका अध्यक्ष, नेपालका लागि गणतन्त्र इन्डोनेसियाका प्रथम Honorary Consulate [२] जसको नेपालमा रेमिटेन्स क्षेत्रमा योगदान रहेको छ ।
  • डा. अंजनी कुमार शर्मा - प्रतिष्ठित सर्जन[३]
  • राजेश ढकाल - कैंटरबरी विश्वविद्यालयका एसोसिएट प्रोफेसर, न्युजिल्यान्डका शोधकर्ता र भूकम्प इन्जिनियरिङ विशेषज्ञ
  • प्रा. डा. ईश्वरीप्रसाद ढकाल - पशु चिकित्सक, रामपुर क्याम्पसका प्रमुख[स्रोत नखुलेको]
  • प्रा. डा. शिवराम ढकाल; "नेपालमा पर्यावरण र दिगो विकास" भन्ने पुस्तकका लेखक [४]
  • सौरभ ढकाल, पूर्व मेचिदेखि महाकाली उच्च हिमाली पदमार्गमा लगातार ९९ दिन पैदल यात्रा गरेका ।[स्रोत नखुलेको]
  • गणेश ढकाल, विद्यार्थी नेता तथा शहीद, बाग्लुङमा जन्म लिइ, रूपन्देहीमा शाही नेपाली सेनाद्वारा हत्या गरिएको । सरकारले शहीदको रूपमा घोषणा गरेको ।
  • विधुर ढकाल, पत्रकार, साहित्यकार लेखक [५]
  • प्रा. डा. वेणिमाधव ढकाल - अध्यक्ष ,सेवा आयोग ,नेपाल संस्कृत विश्वविद्ध्यालय   
  • डा. प्रकाश ढकाल - उपप्राध्यापक ,नेपाल संस्कृत विश्वविध्यालय

धर्म[सम्पादन गर्ने]

ढकालहरु उपमन्यु गोत्रीय ब्राह्मण हुन् । उपमन्यु गोत्रका धेरै थरहरु छन् । उपमन्यु ऋषिका शिष्य वा सन्ततिहरु नै उपमन्यु कहलाएका हुन् । उपमन्यु गोत्रिय ब्राह्मण एवं उपमन्यु ऋषिका चेला उत्तराधिकारीहरु मुस्लिम दङ्गा पश्चात् कान्यकुब्जबाट वर्तमान नेपालको अछाम जिल्लाको ढाकु भन्ने स्थानमा बस्न थालेका हुन् । ढाकुमा बस्न थालेबाट नै उनीहरुको परिचय ढाक्कालय बाट हुन थाल्यो । उपमन्यु शिवभक्त हुनाले बसाई सरेर आउनेले कुल पूजा परम्परा अनुरुप शिव प्रतिक डमरु लिएर आएको विश्वास गरिन्छ । डमरुलाई संस्कृतमा ढक्का पनि भनिन्छ । त्यस स्थानमा उनीहरु आएर बस्दा शिव प्रतिक डमरुलाई ल्याएर राखी पूजा गर्न थाले । डमरुलाई ढक्का र राख्ने ठाँउलाई आलय भन्दा ढक्कालय भएको विश्वास छ । ढक्का राखेको ठाँउ ढाकु भन्ने नामले प्रचलित भयो । त्यसै गरी ढक्का+आलय मिलेर ढक्कालय बन्यो । ढक्कालय नै त्यहाँ रहने र बाहिरिनेको स्पष्ट परिचय बन्यो । नेपालीहरुका प्रायः थरहरुमा यस्तो पाईन्छ । खनमा घर हुने खनाल, पौडीमा घर हुने पौड्याल, सिग्दीमा घर हुने सिग्देल, भुर्तिमा घर हुने भुत्र्याल, ज्ञवामा घर हुने ज्ञवाली प्रसिद्ध छन् । पञ्जावको हरियाणा क्षेत्रमा ढकाल नामक प्राचीन स्थान प्रसिद्ध छ । नेपालमा रहेका ढकालहरुको पनि सोही स्थानसँग केही सम्बन्ध रहेको हुनसक्छ । यसको अध्ययन अनुसन्धान हुनु अत्यन्त जरुरी छ ।

ढकालहरुका आराध्य मस्टो[सम्पादन गर्ने]

यिनीहरूका पूर्वजहरुले गर्दै आएको कुलपूजा नितान्त प्रकृति पूजा नै हो । मस्टो भनेकै नाग, सिमे, भूमे, वायुकै अधिष्ठाता हुन् । जलको पूजा गर्न नागको पूजा गरिन्छ । सिमेको पूजा तिहारमा गरिन्छ । जसमा लक्ष्मी पूजा र गोवर्धन पूजा पर्दछन् । कुलपूजा हुनु अगावै अघिल्लो दिन कुलपूजा गर्ने स्थान वा मन्दिरमा सबै कुलबन्धुले टेकेको भूमि नभासियोस् भूमिमा आश्रित रहेको पाप मेटियोस् भनेर भूमे पूजा गरिन्छ । अन्न दिने खेत खनेजोतेको पाप मेटियोस् अन्नबालीमा रोग नआओस् भनेर खेतमा हरेलो पूजा गरिन्छ जसलाई वायु पूजाअन्तर्गत राखिन्छ । नयाँ अन्न खाने दिन हवन गरेर खाने प्रचलन छ । गोठमा बस्तुभाउ राम्रा हुन् भनेर गोठधुप दिइन्छ । यसमा मूलतः श्रीकृष्णसहित पञ्चपाण्डवको पूजा गरिन्छ । पञ्चपाण्डवलाई वायुस्वरुप गैडु र श्रीकृष्णलाई गोसाँई भनेर पूजा गरिन्छ ।

मस्टोका वरिपरि रहेर आठ दिदीबहिनीले मस्टोको सुरक्षा गर्दछन् । ती दिदीबहिनीको रुप समयानुकुल फेरिन्छ भन्ने विश्वास छ । ग्रहशान्तिको इच्छाले कुलको पूजागर्दा आठ बहिनी आठ योगिनी बन्दछन् । जन्मदिन र बैबाहिक उत्सवमा कुलको आराधना गर्दा आठ बहिनी अष्टचिरञ्जीवी बन्दछन् । अनिकाल निवारण गर्न कुलको आराधना गर्दा आठ बहिनी अष्टनागको रुपमा रहन्छन् । साधु तथा विद्यार्थीहरुले विद्या तथा ज्ञानको खोजीमा रहेर कुलदेवताको शरणमा जाँदा आठ बहिनी अष्टसिद्धिको स्वरुपमा रहन्छन् । गाउँ वा नगरको सुरक्षा मागेर कुलको आराधना गर्दा आठ बहिनी आठ दिक्पाल बनेर रक्षा गर्दछन् भन्ने भनाई छ । मस्टोका आठ बहिनी ज्वाला, मालिका, जालपा, सत्या सुर्मा, नैना, लर्पा र गौरा हुन् ।

पूर्वज[सम्पादन गर्ने]

सिन्धुलीका ढकाल, इन्द्रलाल बिक्रम संम्बत १९४० मा दाजु ललितबृन्द र अन्य दाजुभाइ , श्रीमती छोरीहरु लिइ काम गर्न पदमपूर गएका । पाच वष सम्म पदमपूर बस्दा पनि सन्तान नभए पछि , जोगीको सल्लाह अनुसार जन्म स्थान सिन्धुली फर्किए छोरा जन्मने भने पछि पदमपूरको सवै सम्पति दाजु ललितबृन्द्रलाई जिम्मा लगाइ बिक्रम संम्बत १९४६ मा सिन्धुली फर्किएको । त्यसपछि बिक्रम संम्बत १९४७ जनैपूर्णिमाको दिन मुक्तिनाथको जन्म भएको ।

References[सम्पादन गर्ने]