सामग्रीमा जानुहोस्

चन्द्रप्रसाद ढकाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चन्द्रप्रसाद ढकाल
चन्द्रप्रसाद ढकाल
चन्द्रप्रसाद ढकाल
जन्मचन्द्रप्रसाद ढकाल
बागलुङ जिल्ला, अमलाचौर, नेपाल
वासस्थानकाठमाडौँ, नेपाल
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय
पेशाआईएमई ग्रुप अफ कम्पनीको अध्यक्ष
धर्महिन्दु
मातापिताहिरण्य ढकाल
जानुकादेवी ढकाल
वेबसाइटग्लोबलआईएमई

चन्द्रप्रसाद ढकाल नेपालका एक जना चिर परिचित उद्यमी हुन्। उनले सामाजिक काममा ठुलो राशीका आर्थिक सहयोग गर्ने गरेका छन्। कार्गो व्यवसायबाट व्यवसायिक यात्रा शुरु गरेका ढकाललाई कामप्रतिको लगनशिलता, जोखिम मोल्न सक्ने क्षमता, मिलनसारिता जस्ता कुराले आजको स्थानमा पुर्याएका छन । न्यून आर्थिक पृष्ठभूमिबाट आएका व्यक्ति चन्द्र ढकाल हाल वित्तिय क्षेत्रमा मात्र होइन जलविद्युत उत्पादन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, सवारीसाधन विक्री, केबुलकार लगायतका क्षेत्रमा छाएका छन् ।

जन्म र बाल्यावस्था

[सम्पादन गर्नुहोस्]

उनी बागलुङ जिल्लाको अमलाचौर गाउँ विकास समिति वडा नं ४, कुंडहरमा बुवा स्व. हिरण्य ढकाल र आमा जानुकादेवी ढकालको कोखबाट जन्मेका हुन्। एसएलसी दिउञ्जेलसम्म उनी मामाघर बसेका थिए । घाँस दाउरा, मेलापात, गाइ, चित्रा, भकारीसबैसँग उनी भिजेका थिए । पारिवारिक आर्थिक अवस्था मजबुत भएको भए स्मृतिका पाना पल्टाउँदा सायद ढकालको बाल्यकालमा डोको, नाम्लोको सन्दर्भ हुँदैनथ्यो होला । गाउँ छँदा उनले दिनहरूमा चोया काढेका थिए, डोको बुनेका थिए, नाम्लो बुनेका थिए । एसएलसी परीक्षा नजिकिँदै गएको बेला त्यही बीचमा बुवाको मृत्यु भयो । बुवाको मृत्युले पढाईमा प्रत्यक्ष असर गर्यो । एसएलसीको नतिजा आउँदा अंग्रेजी विषय लागेको थियो उनलाई । दोस्रो पटकको एसएलसीमा भने अंग्रेजी विषय कटाए । त्यसपछि उच्च शिक्षाका लागि काठमाडौँ आइपुगे ।

उनले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक गरेका छन्।[] काठमाडौँ आउँदा ३५ सय रुपैंयाँजति थियो उनको खल्तीमा । ०४१ सालको कुरा हो यो । काठमाडौँको मैपीमा आफ्ना काका र मामाका छोराछोरी ( भाइबहिनी ) थिए पढ्न भनेर आएका। ढकाल काठमाडौँ आएपछि उनीहरूसँगै बसे। आइकम पढिरहेका बखत पेप्सीकोला कम्पनीमा सानोतिनो जागिर पाए। त्यो जागिरले भने ठूलै राहत मिल्यो उनलाई।

सामाजिक योगदान/उपलब्धिहरू

[सम्पादन गर्नुहोस्]

ब्यवसायिक संलग्नता

[सम्पादन गर्नुहोस्]

अटोमोबाइल, बैंकिङ र बित्त, उर्जा, बिप्रेषण, पस्मिनाजन्य उत्पादनको निर्यात, पर्यटन जस्ता विविध क्षेत्रमा लगानी गरेको आई.एम.ई समुह उनको स्वामित्वमा रहेको छ।[१०] उक्त समुह अन्तर्गत हाल निम्न संस्थाहरू संचालनमा रहेका छन्।

  • आई.एम.ई अटोमोटिभ्स प्राइभेट लिमिटेड
  • ग्लोबल आई एम ई बैंक लिमिटेड [११]
  • इलाईट क्यापिटल लिमिटेड
  • वर्ल्डवाइड इन्भेस्टमेन्ट लिमिटेड
  • हिमालयन पावर पार्टनर लिमिटेड (जसमा ढकाल अध्यक्ष रहेका छन्)[१२]
  • माउन्टेन इनर्जी नेपाल लिमिटेड
  • आई एम ई अक्सिजन प्राइभेट लिमिटेड
  • इन्टरनेसनल मनी एक्स्प्रेस
  • सि एम ट्रेडिङ
  • अक्रस ट्राभल्स एण्ड टुर्स प्राइभेट लिमिटेड

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. http://www.elitecapital.com.np/aboutus/promotors.php अभिलेखिकरण २०१२-०१-१४ वेब्याक मेसिन
  2. http://bfr.nrb.org.np/BOD_commercial_banks.php
  3. 1 2 http://www.abhiyan.com.np/showpage-8 अभिलेखिकरण २०१२-१०-३१ वेब्याक मेसिन
  4. http://www.mofa.gov.np/foreignhonour/index.php?type=foreign अभिलेखिकरण २०१२-०६-३० वेब्याक मेसिन
  5. http://www.nepalnews.com/home/index.php/business-a-economy/5615-dhakal-appointed-as-honorary-consul-of-indonesia-to-nepal.html
  6. http://www.ngcci.org/index.php?nav=organization&page=executive अभिलेखिकरण २०१२-११-१९ वेब्याक मेसिन
  7. http://www.ekantipur.com/the-kathmandu-post/2010/12/03/money/malaysian-team--in-nepal-to-explore-business-avenues/215618/ अभिलेखिकरण २०१५-०२-११ वेब्याक मेसिन
  8. http://www.ekantipur.com/the-kathmandu-post/2010/06/19/business/remittance-experts-stress-proper-channels/209598/ अभिलेखिकरण २०१०-१२-२७ वेब्याक मेसिन
  9. http://www.thehimalayantimes.com/fullNews.php?headline=Experts+cry+foul+as+remittances+decline&NewsID=247335 अभिलेखिकरण २०१५-०२-१२ वेब्याक मेसिन
  10. http://www.imegroup.org अभिलेखिकरण २०१२-०८-१४ वेब्याक मेसिन
  11. Global IME Bank Limited Board of Directors अभिलेखिकरण २०२१-०१-२३ वेब्याक मेसिन
  12. http://www.hpp.com.np/comprofile.htm%5B%5D