रामकृष्ण ढकाल
रामकृष्ण ढकाल | |
---|---|
![]() रामकृष्ण ढकाल | |
व्यक्तिगत विवरण | |
जन्म | वि. सं. २०३१ साउन 8 गते निजगढ, बारा, नेपाल |
विधा | आधुनिक, पप, प्लेब्याक |
पेशा | गायक, अभिनेता |
वाद्ययन्त्र | नेपाली तथा पश्चिमी |
सक्रिय वर्ष | १९८७–वर्तमान |
वेबसाइट | रामकृष्ण ढकाल आधिकारिक वेबसाइट |
राम कृष्ण ढकाल नेपालको एक प्रसिद्ध युवा कलाकार तथा गायक हुन्। उनी आधुनिक गीत गाउँछन्।
गायन-यात्रा[सम्पादन गर्नुहोस्]
उनले आफ्नो प्रारम्भिक कालको समयमा गायक बन्नलाई धेरै संघर्ष गर्नु परेको थियो। गायन क्षेत्रमा एउटा अवसर पाए पछि उनले आफुलाई एउटा राम्रो नेपाली गायकको रूपमा स्थापित गरे। उनले आफ्नो गायन-यात्रा सानै हुँदा नारायण गोपाल (स्वर सम्राट)को प्रसिद्ध गीतहरू गाएर शुरु गरेका हुन्।
उनको औपचारिक रूपमा २०४३ सालमा सांगीतिक करिअर सुरु भएको हो। उनले २०४५ सालमा पहिलोपटक 'ढकाल सुमधुर साँझ' एकल कार्यक्रममा हिन्दी र नेपालीका २२ वटा गीत गाएका थिए।
उनले "ओराली लागेको हरिणको चाल भो" गीतदेखि लोकप्रियता पाउन थालेका थिए।
बैवाहिक जिवन[सम्पादन गर्नुहोस्]
रामकृष्ण र नीलमबीच विक्रम संवत् २०५९ सालमा प्रेम विवाह गरेका थिए । उनीहरूको एक छोरी छिन् ।[१] गायक रामकृष्ण ढकाल दम्पत्तिको सम्बन्धविच्छेद भएको छ । [२]
कृतिहरू[सम्पादन गर्नुहोस्]
उनका एल्बमहरूः
- आशीर्वाद (२०५०)
- आशीष (२०५३)
- आशा (२०५५)
- आरोह (२०५६)
- आग्रह (२०५८)
- आधार (२०५९)
- आश्रय (२०६१)
- आगमन (२०६३)
- मेरो साथी (२०६५)
पुरस्कार तथा सम्मान[सम्पादन गर्नुहोस्]
- गोरखा दक्षिण बाहु २०५५
- नारायणगोपाल युवा संगीत पुरस्कार २०५७
- छिन्नलता गायन पुरस्कार २०६६
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
- Ram Krishna Dhakal's songs lyrics एसगमएसलिरीकको आधिकारिक वेबसाइट
- Ram Krishna Dhakal, Dhaka Topi Nepali Music Collection रामकृष्ण ढकालको नेपालअं संगीत सङ्कलन, ढकाटोपी डटकमको वेबसाइट
- वेभेगको आधिकारिक वेबसाइट
- on book गुगलमा रामकृष्ण ढकालका लागि खोज नतिजा
- हेलो शुक्रबार/शैली

- ↑ "गायक रामकृष्ण ढकाल र नीलम शाहबीच सम्बन्ध विच्छेद", अन्तिम पहुँच २६ Dec २०१९।
- ↑ "गायक रामकृष्ण ढकाल दम्पत्तिको सम्बन्धविच्छेद", अन्तिम पहुँच २६ Dec २०१९।