रामनाथ ढकाल
स्वरूप
रामनाथ ढकाल | |
|---|---|
| जन्म | रामनाथ ढकाल २० डिसेम्बर 1962 खड्गकोट |
| मृत्यु | ५ अप्रिल 2015 |
| राष्ट्रियता | नेपाल |
| पेशा | राजनीतिज्ञ |
रामनाथ ढकाल (अङ्ग्रेजी भाषा: Ramnath Dhakal,२० डिसेम्बर १९६२ - ५ अप्रिल २०१५ ) नेकपा एमाले सम्बद्ध नेपालका एक राजनीतिकर्मी हुन्[१] ।
बाल्यकाल र राजनीति
[सम्पादन गर्नुहोस्]रामनाथ ढकालको जन्म गुल्मीको खड्गकोट ३ मा वि.सं.२०१९ पुष ५ गते भएको हो । उनका पिता दीनानाथ र माता देवकला ढकालका हुन् ।[२] उनले २०३६ सालमा नेकपा मालेको विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गरेका थिए । उनी अनेरास्ववियुको महासचिव हुँदै २०५० सालमा अध्यक्ष भएका थिए[३] । उनले कानुनमा स्नातक गरेका भएको थिए । सन् २००८ मा उनले संविधान सभाको चुनावमा रूपन्देही जिल्लाको क्षेत्र ५बाट ११,०८० मतका साथ विजयी भएका थिए । अप्रिल ५ २०१५ का दिन उनको काठमाडौँ स्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा स्वाइन फ्लु [४] र अन्य रोगका कारण देहान्त भयो[५] [६][७] ।
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ एमालेका नेता रामनाथ ढकाल अभिलेखिकरण २०१५-०५-१० वेब्याक मेसिन
- ↑ रामनाथ ढकाल अभिलेखिकरण २०१५-०८-०९ वेब्याक मेसिन
- ↑ स्वाइन फ्लुले निधन भएका रामनाथ ढकाल को थिए अभिलेखिकरण २०१५-०५-१२ वेब्याक मेसिन
- ↑ स्वाइन फ्लु संक्रमणबाट सिकिस्त एमाले पोलिटब्युरो सदस्य अभिलेखिकरण २०१५-०५-११ वेब्याक मेसिन
- ↑ स्वाइन फ्लूबाट एमाले नेता रामनाथ ढकालको निधन
- ↑ स्वाइन फ्लूबाट रामनाथ ढकालको निधन अभिलेखिकरण २०१५-०५-१६ वेब्याक मेसिन
- ↑ एमाले नेता रामनाथ ढकालको निधन अभिलेखिकरण २०१५-०४-०७ वेब्याक मेसिन
वाह्य लिङ्कहरू
[सम्पादन गर्नुहोस्]- रामनाथ ढकालको पूर्णजीवनी अभिलेखिकरण २०१५-०७-०९ वेब्याक मेसिन