चापागाईं

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चापागाईं र चपाइ थर एउटै हो । पूर्वतिर चापागाईं र पश्चिम तिर चपाइ थर लेखिने ब्राह्मण छत्रीहरू एक पुर्खाका सन्तानहुन । यिनिहरूको गोत्र अत्रि हुन्छ । चापागाईंको उत्पत्तिस्थान दैलेख जिल्लाको विन्द्रासैनी चामुण्डामा अवस्थित चापागाउँ हो । चामुण्डाको चापागाउँलाई चापागाईं/चपाइ थरको आदिभूमी भनिन्छ । चापागाईं खस जातिका उच्चकुलका ब्राह्मणहुन् । सप्तर्षि महामुनि अत्रि र महामाता अनुसूयाका सन्तान हुन । महामुनि महर्षि अत्रि वेदका मन्त्रद्रष्टा हुनुहुन्थ्यो । चापागाईंहरू आर्यसंस्कारले संस्कारित छन् । चापागाईंको मष्ट दूध्या मष्ट हो । डोटी जिल्लाको चापागाउँमा दूध्या मष्टको थान छ । नेपाल भारत भुटान म्यानमार देखि अन्य राष्ट्रमा पनि चापागाईं बसेका छन् ।

अत्रिगोत्रका केहि (सगोत्री)थरहरू- १ चापागाईं २ गोतामे(गौतम) ३ खतिवडा ४ मिश्र ५ ओझा ६ ठाडाराई अधिकारी ।