ओझा
ओझा नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। अत्रि ॠषिका सन्तान मानिने ओझाहरूका अत्रि र आत्रेय गोत्र छन। नेपालमा पुर्व मेची देखि महाकाली सम्म ओझाहरूको बसोबास रहेको भये पनि जनसंख्या यकिन भयेको छैन ।
वैदिक आर्य सम्प्रदायले मान्ने प्रायः सबै चाडपर्व हरूका साथै स्थान एवम् कुल परम्परा अनुसार स्थानीय चाडपर्वहरू फरक फरक मनाउछन।
ओझा, अवस्थी,शाह ,मिश्र खतिवडा, पोखरेल, गौतमहरू सगोत्री हुन ।केही ठाउँमा अवस्थीहरूको वंशावली छुट्टै भये पनि बैतड़ी र डोटीमा एउटै पुर्वजका सन्तति ओझा र अवस्थी रहेका छन भने सबै ठाउँका ओझाहरूको गोत्र अत्रि वा आत्रेय एउटै भये पनि सुदूरपश्चिम डडेल्धुरा तिजाली गाउँमा परासर गोत्रिय ओझा परिवार पनि रहेको पाइन्छ। बैतडी र दार्चुलाका ओझाहरूका वंशज परिवार भारतको कुमाउँ तिर पनि प्रसारित भयेका पाइन्छन। नेपालकै मिथिला क्षेत्रमा बसोबास गर्ने मधेस मूलका ओझा र झा थरका पनि रहेका छन । कैयौ ठाउँमा ओझाहरूकै वंशजहरू जोशी थरका पनि छन।
कसै कसैले स्थान विशेष संग जोडेर यो थर कायम भयेको भन्ने गरेका भये पनि विभिन्न विद्वानहरूले उपाध्याय शब्दको तदभव रूप ओझा हो भन्ने कुरा स्विकारेका छन। यो शब्दको निकटस्थ शब्द " ओजस्" पनि हो।
श्रोत :जगदीश ओझा (जगन्नाथ आत्रेय)