लोहार वंश

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लोहार वंश
राजधानीश्रीनगर
सरकारको प्रकार राजतन्त्र
कश्मीरको लोहारवंशीय हर्ष (वा हर्षदेव)को (१०८९-११०१ CE) सिक्का

लोहार वंश कश्मीर को एक हिन्दु वंश थियो जसले ई.सा. १००३ देखि १३२० सम्म शासन गरेको थियो । पण्डित कल्हणको १२ औं शताब्दीको पुस्तक राजतरङ्गिणीका अनुसार यो वंश खस जातिको थियो । यस वंशको १५० वर्ष को इतिहास राजतरङ्गिणीको लेखोटमा भर पर्दछ । कश्मीरी इतिहासकार जोनराज एवम् श्रीवरको लेखोटहरूले पछिल्ला समयकालको उल्लेख गर्दछ । यस वंशका पछिल्ला शासकहरू कमजोर एवम् आपसी द्वन्द मा फसेका थिए र उक्त कालखण्ड मा भ्रष्टाचार मौलाउँदा कश्मीर मुसलमान शासकहरुको (शाह मीर वंश) कब्जामा गयो ।[१]

पृष्ठभूमि[सम्पादन गर्ने]

पण्डित कल्हणको राजतरङ्गिणीका अनुसार यस वंश खस जाति को थियो । यो वंश कश्मीर उपत्यका मा राज्य गर्नु अघि लोहार राज्यको शासक थियो । लोहार वंशको राजधानी लोहारकोट्टा नामक पहाडी किल्लामा थियो जुन ठाउँको अवस्थितिमा वर्तमानमा ठोसरुपमा एकमत छैन । आइरिस इतिहासकार सर मार्क औरल स्टाइन, जो कल्हणको राजतरङ्गिणीका ट्रान्सलेटर हुन्, उनले यो स्थान पीर पञ्जाल हिमश्रृंखलामा कश्मीर र पश्चिमी पञ्जाबको बीच स्थानमा पर्ने बताएका थिए । लोहार राज्य मा थुप्रै गाउँहरू थिए जसलाई एकीकृत रूपमा लोहरिन भनिन्छ र त्यस स्थानको उपत्यका र नदीको नाम पनि एउटै रहेको छ ।[२]

लोहारका खस राजा सिंहराज काबुलको हिन्दु शाही वंशका राजा भीमदेव शाहीका ज्वाइँ थिए । सिंहराजको काबुल शाहीकी राजकुमारीबाट दिद्दा नामक छोरीको जन्म भएको थिए । राजकुमारी दिद्दा अपाङ्ग थिइन् र पिताबाट तिरस्कृत थिइन् ।

उदय[सम्पादन गर्ने]

राजा सिंहराजकी छोरी राजकुमारी दिद्दाले कश्मीरको उत्पल वंशका राजा क्षेमगुप्तसंग विवाह गरेकी थिइन् । राजा क्षेमगुप्तको ई.सा. ९५८ मा मृत्यु भयो । राजा क्षेमगुप्त तथा रानी दिद्दाका छोरा अभिमन्यु द्वितीय नाबालक भएकोले दिद्दाले नायबी शासन चलाएकी थिइन् । ई.सा. ९७२ मा राजा अभिमन्यु द्वितीयको मृत्युपश्चात उनका ३ छोरा राजा नन्दीगुप्त, त्रिभुवनगुप्त र भीमगुप्तका लागि नायवी चलाइन् । ई.सा. ९८० मा दिद्दाले नाति राजा भीमगुप्तलाई मार्न लगाइ सार्वभौम शासक बनिन् । उनले दाइ वा भाइ राजकुमार उदयराजका छोरा तथा लोहारका राजा सिंहराजका नाति संग्रामराजलाई धर्मपुत्र तथा कश्मीरको उत्तराधिकारी राखिन् । यसरी दिद्दाले उत्पल वंशलाई पतन गराएर यस वंशको उत्पत्ति गराइन् । इ.सा. १००३ मा दिद्दाको मृत्यु पश्चात धर्मपुत्र राजकुमार संग्रामराज कश्मीरको लोहार वंशका संस्थापक राजा बन्न पुगे ।

शासन[सम्पादन गर्ने]

संग्रामराजलाई लोहार वंशको संस्थापक मानिएको छ ।[३]

शासकहरू[सम्पादन गर्ने]

प्रथम वंश[सम्पादन गर्ने]

कश्मीरको लोहार वंशका शासकहरू थिए:[४]

  • संग्रामराज (ई.सा.१००३ - ई.सा.१०२८)
  • हरिराज (ई.सा.१०२८) - २२ दिन
  • अनन्त (ई.सा.१०२८ - ई.सा.१०६३)
  • कलश (ई.सा.१०६३ - ई.सा.१०८९)
  • उत्कर्ष (ई.सा.१०८९) - २२ दिन
  • हर्ष (ई.सा.१०८९ - ई.सा.११०१)

दोस्रो वंश[सम्पादन गर्ने]

Ruler[४] Notes
Uchchala Made his brother Sussala the ruler of Lohara. Murdered by Radda.
Radda (Shankharaja) Usurped the throne, claiming to be a descendant of Yashaskara
Salhana Uchchala's step-brother; became the king after Radda's death. The real power lay in the hands of a noble named Gargachandra. Salhana was deposed and imprisoned.
Sussala Uchchala's brother; ascended throne with Gargachandra's support
Bhikshachara Harsha's grandson, who had escaped Uchchala's revolt. Brought up by Naravarman, the king of Malava. Deposed Sussala.
Sussala (2nd reign) Within 6 months of Bhikshachara's ascension, Sussala recovered his capital, leading to a civil war
Jayasimha (Sinha-deva) Sussala's son. In the early years of his reign, the actual power was held by Sussala. Kalhana's account closes in the 22nd year of his reign.

स्रोत[सम्पादन गर्ने]

  1. Hasan (1959), pp. 29-32.
  2. Stein (1900), Vol. 2, pp. 293-294.
  3. India - Early History, Publications Division Ministry of Information & Broadcasting, 2016 p.63
  4. ४.० ४.१ Stein 1979, pp. 133-138.

पुस्तक[सम्पादन गर्ने]