क्षेत्री
माथि: कालु पाण्डे · अमरसिंह थापा · अभिमान सिंह बस्न्यात तल: भीमसेन थापा · बलभद्र कुंवर · जंगबहादुर राणा | |
| उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
|---|---|
| १६.६% नेपालको जनसङ्ख्या (४५ लाख)[१] | |
| भाषाहरू | |
| नेपाली भाषा | |
| धर्महरू | |
| हिन्दु धर्म र मष्टो धर्म | |
| सम्बन्धित जातीय समूह | |
| क्षत्रिय, खस, ठकुरी, बाहुन | |



क्षेत्री या खस नेपालमा बसोबास गर्ने एक मूलनिवासी जाति हो। क्षेत्री वा छेत्री वा क्षथरीय सबै क्षत्रियको अपभ्रंश हुन र यसले हिन्दू वर्ण व्यवस्था अन्तर्गत को मूल रूपले शासक, सैनिक र प्रशासनिक क्षेत्र अपनाएका हिन्दू धर्म अङालेका जाती हरुलाइ जनाउँदछ ।[२] नेपाली भाषामा खस समुदायका क्षत्रियहरूलाई " र "छेत्री" वा "क्षत्री" भनिन्छ
खस क्षेत्रीहरू नेपालको सर्वाधिक ठूलो जनसङ्ख्यामा पर्दछन् जो १६% छन्। उनी हरु हिन्दू धर्म मान्छन तर उनीहरू आफ्नु पोरानिक मष्टो देवताको पुजा गर्छन जसलाई देवाली भनिन्छ। उनीहरूको उत्पत्ति कर्णाली प्रदेशतिर भएको इतिहासकारहरू बताउछन्। पहाडी भूगोलमा बसोबास गर्ने यो जातिको आफ्नै मौलिकता छ। नेपाली/खस कुरा/गोर्खाली मातृभाषा बोल्ने[१] यी जातिका मानिसहरू सहरी क्षेत्रमा भने अङ्ग्रेजीतिर आकर्षित छन्।
इतिहास
[सम्पादन गर्नुहोस्]क्षेत्री जातिको उत्पति प्राचिन खस जातिबाट भएको हो । खस जातिहरूको राज्य नेपालको कर्णाली क्षेत्रमा रहेको इतिहासले बताउँछ । उक्त राज्यमा प्राचिन खस भाषा (आजको नेपाली भाषा) बोल्ने र मष्टो पुजा गर्ने प्रचलन थियो जुन आजसम्म चलिरहेको छ । सो राज्य पतन भएपश्चात प्राचिनतम मान्यता बिर्सिदै आजको समयमा खस जातिको सन्तानहरू आफूलाई क्षेत्री भनेर सम्बोधन गर्दछन् ।
मध्य इतिहास
[सम्पादन गर्नुहोस्]गोरखाका खड्का राजाहरू, बस्न्यात परिवार, थापा वंश र पाँडे वंश दरबारिया खलकहरू एवम् राणा प्रधानमन्त्रीहरू पनि सबै क्षेत्रीहरू हुन्। नेपाली सेनाका उच्च पदहरूमा क्षेत्रीहरूको सङ्ख्या ठूलो छ ।
खस-क्षत्रीय (छेत्री र ठकुरी) का थरहरु:
[सम्पादन गर्नुहोस्]
जनसङ्ख्याको आधारमा क्षेत्री थरहरू निकै प्रचलित देखिन्छ ।
A ऐ - Air (ऐर) Airi (ऐरी)
K क - Kathayat(कठायत)
B ब - Basnet/Basnyat( बस्नेत/बस्न्यात), Bisht/Bista( बिष्ट/बिष्ट्) Baruwal(बरुवाल)
B बा - Baniya(बानियाँ ), Bam(बम)
B बु - Budathoki( बुढाथोकी ), Budha(बुढा), budhathapa बुढाथापा , bam बम
B बो - Bohora(बोहोरा), Bogati(बोगटी )
C च - Chand( चन्द), Chauhan(चउहान/चुहान), Chhetri/Kshetri(छेत्री/क्षेत्री)
D दा - Dangi(डाँगी)
D धा - Dhami(धामी)
G ग - गडाल, गदाईली G घ - Gharti(घर्ती) भुजेल Bhujel
K क - कार्की Karki(कार्की ), Katuwal(कटुवाल )
K कु - Kudmal (कुड्माल), Kunwar( कुँवर)
K ख - Khadka(खड्का )
K खा - Khati(खाती)
M म - Mahara,Mahar
R रा - Rana(राणा ),Raut/Rawat( राउत /रावत), Rawal(रावल), Raya(राया), Rayamajhi( रायमाझी)
R रो - Roka/Rokaya(रोका/रोकाया)
S स - Samal(समाल),
S सि - Sijapati [सिजापति], Singh(सिंह ), Silwal(सिलवाल )
S से - Saund, Saud, Sawad (साउँद, साउद, सावद)
T था - Thapa( थापा
उल्लेखनीय व्यक्तित्वहरू
[सम्पादन गर्नुहोस्]प्रशासन एवम् राजनीति
[सम्पादन गर्नुहोस्]साहित्य
[सम्पादन गर्नुहोस्]सङ्गीत
[सम्पादन गर्नुहोस्]- कुमार बस्नेत
- ओम विक्रम विष्ट
- मनोज कुमार केसी
- बुलेट फ्लो, सुरज विक्रम थापा
- रोहित जोन क्षेत्री
- विपुल क्षेत्री
चलचित्र तथा मिडिया
[सम्पादन गर्नुहोस्]खेलकुद
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोला
[सम्पादन गर्नुहोस्]स्रोत
[सम्पादन गर्नुहोस्]- 1 2 "क्षेत्री जाति:एक परिचय", अन्तिम पहुँच २०१७-०३-१०।
- ↑ http://www.myholidaynepal.com/chhetri.html अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन