लोकमान सिंह कार्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लोकमान सिंह कार्की
पूर्व प्रमुख आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल
कार्यकाल
२०७० बैशाख २५ – (६ वर्षको लागि)
नियुक्ति कर्तारामवरण यादव
नेपाल सरकारका मुख्यसचिव
कार्यकाल
२०६२/६/३–२०६३/१/२८
पूर्वाधिकारीविमल कोइराला
उतराधिकारीमुकुन्द शर्मा पौडेल
व्यक्तिगत विवरण
जन्मविसं २०१२ चैत्र २४ (१९५६ अप्रिल ५)
जीवन साथीसुनिता कार्की

लोकमान सिंह कार्की (विसं २०१२-) अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालका पूर्व प्रमुख आयुक्त हुनुहुन्थ्यो ।[१] संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी अहिले निलम्बित छन्।[१] कार्की निलम्बित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखको जिम्मेवारी वरिष्ठताको हैसियतले आयुक्त दीप बस्न्यातले सम्हालेका छन्।[२]

बाल्यकाल

लोकमान सिंह कार्कीको जन्म भुपालमान सिंह कार्की तथा दुर्गा कार्कीको छोराको रूपमा विसं २०१२ चैत्र २४ बिहीबार भएको थियो ।[१]

अख्तियारमा नियुक्ती र विवाद

कार्की विसं २०७० बैशाख २५ गते सर्बदलीय सहमतिको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको रूपमा ६ वर्षको लागि नियुक्त भएका थिए । [१]

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ १.२ "प्रमुख आयुक्त लोकमान सिंह कार्की", ciaa.gov.np, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अन्तिम पहुँच २०७० माघ २४ 

बाह्य कडीहरू